रूखले किचेर मृत्यु

B11916ADF43189A023B872C75DDइलाम, १५ वैशाख । वर्षासँगै आएको हावाहुरीका कारण रूखले घर किच्दा सोयाकमा एक वृद्धाको मृत्यु भएको छ ।

घरमा खाना खाइरहेको अवस्थामा आइतबार राति रूख ढलेर किच्दा सोयाक–२ निवासी ५० वर्षीया धनकुमारी घिमिरेको मृत्यु भएको हो । घिमिरेको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनकी श्रीमान् श्याम घिमिरे सख्त घाइते भएका छन् । उनको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्