कारागारमा मानवअधिकारको अवस्था दयनीय

तुलसीपुर (दाङ), १४ वैशाख । न्याय प्रणालीलाई थप सुधार गर्ने उद्देश्यले पुनरावेदन अदालत तुलसीपुरको आयोजनामा सुरु भएको अदालतको काम कारबाहीको समीक्षा बैठक सम्पन्न भएको छ ।

बैठकमा राप्ती अञ्चलका सबै जिल्ला अदालतले यही वैशाख १० सम्म मुद्दाको स्थिति तथा फैसला कार्यान्वयनतर्फको विवरण प्रस्तुत गरेका थिए । सोअनुसार दुई वर्षभन्दा बढी पुराना मुद्दा नगण्य रहेको देखिएको छ । बैठकमा कारागारमा मानव अधिकारको अवस्था अत्यन्तै दयनीय भएकोसमेत उल्लेख गरिएको छ ।

“कारागारको अवस्था अत्यन्तै दयनीय पाइयो, सबै कारागारमा क्षमताभन्दा अधिक कैदी बन्दी राखिएका छन्, त्यसको सुधारका लागि मिडियालगायत सबैको एकीकृत सहयोगको अपेक्षा गरिएको छ” समीक्षा बैठकपछि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ ।

राप्तीका सबै कारागारमा गरी २७० कैदीबन्दीको क्षमता भए पनि जम्मा ५०० कैदीबन्दी राखिएको र यसबाट बन्दी आधारभूत सुविधाबाट वञ्चित हुन पुगेको बताइएको छ ।

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्