गौर हत्याकाण्ड सत्य निरुपण्ँमा नसमेटिने

प्रविण अग्रवाल
रौतहट बैशाख १४ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा २९ जनाको  ज्यान जाने गरी भएको गौर हत्याकाण्ड सत्य निरुपण्ँमा नसमेटिने भएको छ । नेकपा मओवादीद्धारा सञ्चालित सशस्त्र विद्रोहका घटनास“गै मधेशमा भएका हिंसात्मक घटनालाई पनि सत्य निरुपण्ँ आयोग अन्तरगत समेटेर माफी दिलाउने मधेसी नेताहरुको प्रयास असफल भएको छ ।
व्यवस्थापिका संसदमा प्रस्तुत भई शुक्रबार राति पारित गरिएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण्ँ ताथ मेलमिलाप आयोग सम्बन्धी ऐनमा मधेसका मुद्धालाई पनि समेट्न मधेसी दलका सभासदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए तर व्यवस्थापिका संसदले मधेसको सशस्त्र विदोहलाई मान्यता दिएन । व्यवस्थापिका संसदले मधेसको सशस्त्र विदोहलाई मान्यता नदिएपछि मधेशी दलका नेताहरु सरकारको निती प्रति आपŒाी जनाएका छन् ।
विगतमा मधेसमा भएको शान्तिपूणर््ँ मधेस आन्दोलन बाहेक त्यहा“को सशस्त्र आन्दोलनलाई राज्यले अहिलेसम्म मान्यता प्रदान गरेको छैन । माओवादी शान्ति प्रक्रियामा आएपछि रौतहटको गौरमा २९ माओवादीको सामुहकि हत्या हुने गरी भएको घटना पनि नियमित फौजदारी प्रक्रियामा जाने भएको छ । उक्त हत्यामा राज्यपÔको नभई मधेसी समूहको संलग्नता रहेको बताइ“दै आएको छ ।

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्