प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर

वीरगन्ज  वैशाख । प्रचण्ड गर्मीका कारण पछिल्ला दिनमा यहाँको जनजीवन निकै कष्टकर बन्दै गइहेको छ भने यहाँका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप पनि बढ्न थालेको छ ।

वीरगन्जको सबैभन्दा पुरानो नारायणी अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढेको सो अस्पतालका स्वास्थ्यकर्मी जयमोद ठाकुरले जानकारी दिनुभयो ।

विशेषगरी बालिकाहरूमा पखाला, ज्वरो र वृद्धवृद्धाहरूमा पनि विभिन्न समस्या देखिएको छ । गर्मीको समयमा पातलो कपडा लगाउन र पानी  बढी पिउन  वरिष्ठ चिकित्सक डा.श्यामसुन्दर दासले सुझाव दिनुभएको छ  ।

गर्मीका कारण वीरगन्ज सडकमा सवारीसाधनको चाप पनि घटेको छ । दिनको समयमा विशेषगरी ज्यादै कम मात्रामा सवारीसाधनहरू चल्ने गरेका छन् भने यात्रुको चहलपहल पनि घटेको छ । गर्मीले दैनिक काम गरेर जीविका चलाउनेहरू पनि मारमा परेका छन् । रिक्सा, ठेला तथा टाँगाहरू पनि चर्को गर्मीका कारण सडकमा कम सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा करिब दुई महिनादेखि वर्षा हुन सकेको छैन ।

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्