नव साहित्यकार साथै गजलकार चन्द्रि मोक्तान “खुशी” सँगको साहित्यिक भलाकुसारी

khusichandriप्रदिप राई
साहित्य जगतको यो भूमिमा मानवको अन्तस्करण आत्माबाट जीवन्त बनाउँने एउटा कलमी आवाजलाई साहित्य भनिन्छ । साहित्यकोे परिभाषा अलगै रहेपनि साहित्यकारहररुले आफ्नै तरिकाबाट वर्णन गरेको पाइन्छ । समाजलाई असल मार्गनिर्देन तर्फ डो¥याउन सहयोग गर्ने एउटा पारदर्शि गोरेटोको पाटो पनि हो । आज यहि साहित्य जगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको सत्य तथ्य छदैछ । यो क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी, तिनीहरुको आ–आफ्नै बिशेषता र गुण आफुँभित्र लुकेर रहेको छ । सहित्यको विधामा कलम चालेर लाखौ लेखकहरुले आवाज बुलन्द गरेर समयको माग सँगै साहित्यले फड्को मारेको ईतिहासमा सर्वविदितै छ । साहित्यलाई आफ्नो जीवनको अमूल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल पनि रहेकोछ । तर पनि राज्यले यस्को वास्ता नगर्नु ठूलो चुनौती को विषय रहेको छ । साहित्यमा नै जिवन सर्मपण गरेर जीवन्त सम्म कलमी आवाज पस्कने साहित्यकरहरुको जीवन्त जीवितै रहेको पाईन्छ । यहि उपदेशको पाटोलाई साहित्यमा आत्मासाथ गरी साहित्यको विधामा कलम चलाईरहनु भएका लाखौ साहित्यनुरागीहरु छन् । यो अहिलेको बर्तमान र पछिल्लो समयमा समस्त मानवजातीलाई साहित्यले छोएको राम्ररी देख्न र सुन्न पाईन्छ । त्यसमा पनी अहिले साहित्य जगतमा गजल बिधाले हरेक आँखाको परिधिभित्र गाजलको सौन्र्दयमा रमेर मानिसहरुलाई लठ्याएको छ । आजको यस साहित्य स्तम्भ अन्र्तगत हामी साहित्यको फाँटमा रहेर साहित्य तथा गजल बिधामा बिगत केहिबर्ष अगाडीबाट कलम चलाईरहनु भएका सिन्धुपाल्चोक जिल्ला अक्तरपुर ५ मा श्री कान्छा तामाङ् र कृष्णकुमारी तामाङ्को कोखबाट बि.स २०४९ सालमा जन्मनु भएका नव साहित्यकार साथै गजलकार चन्द्रि मोक्तान तामाङ् ‘खुशी’ सँगको आजको भेटमा म प्रदिप राई साथमा केही गजल भलाकुसारीहरु ।
१, खुशी जि, तपाईंलाई आजको भलाकुसारी जम्काभेटमा स्वागत छ ?
–: धन्यवाद प्रदिप अङ्कल आजको जम्काभेटमा कुरागर्न पाँउदा म ज्यादै खुशी छु म जस्तो साहित्यमा सिकारु सिक्दै गरेको बच्चालाई यस्तो स्तम्भमा आउँन पाउँदा कृतज्ञताका साथ तपाइ लगायत तपाइको यूनिटलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
२, खुशी जि, साहित्यले आफै आफ्नो बिशेषता बोलेपनी तपाईको बिचारमा साहित्य के हो ?
–: म पनि त्यस्तो कुनै साहित्यफाटको विशाल व्यक्तित्व त होइन तर पनि म ‘साहित्य चौतारि हो र यो वलियो हतियार पनि हो’ भन्दछु । किनकी साहित्यले जीवनको हरेक थकानहरुलाई एउटा कलमको माध्यमबाट ओकालत गर्न सहयोग गर्ने हतियार हो । त्यही हतियार मार्फत सवको सामुन्नेमा अथवा चौतारीमा बिसाउन सजिलो हुन्छ ।
३, खुशी जि, सिङगो साहित्यकार र गजलकारमा कस्तो फरक पाउनुभएको छ ?
–: अग्रज साहित्यकारहरुको साहित्य लेख र आजको लेखाइमा धेरै परिवर्तन भएको देख्छु । साहित्यको बिभिन्न बिधाहरु छन् । जुन अन्तर्गत जो कोही अग्रज तथा सर्जक ज्यूहरुले सबै बिधामा कलम चलाउनु हुन्छ र पोख्त हुनुहुन्छ भने सिङगो साहित्यकार भनिन्छ भने गजल साहित्य भित्रको एक बिधा हो । म त्यस्तो कुनै साहित्यकार तथा गजलकार होइन म त सामान्य फुटकर रचनाहरु लेख्ने सिकारु हुँ गजलको जलमा पौडिन सिक्दैछु त्यसैले गजलको जलमा पौडेर हामी मानव जीवनको अर्कै अनुभवको परिभाषा गर्दछ । मैले धेरै साहित्यिक अग्रजहरुबाट सिक्नुपर्ने कुराहरु छन् । तसर्थ फरक अलिकति अबश्य नै छ जस्तो लाग्छ ।
४, खुशी जि, तपाईको सोचाईमा साहित्यले साच्चीनै समाज परिबर्तन गर्छ ?
–: साहित्यले समाज परिवर्तन गर्नुपर्छ र अवश्य नै परिवर्तन गर्दछ । हामिले हेरिरहेकाछौ नी बुलन्द आवाजहरु हरेक साहित्यिक माध्यमबाट पटक पटक ब्याङ्ग्यात्मक तरिकाले गुञ्जीरहेको छ । यदि समाज परिवर्तन गर्न सक्दैन भने साहित्यको अर्थनै रहँदैन । त्यसैले हरेक क्षेत्रबाटा आफ्नै तरिकाले साहित्यिक कार्यक्रमहरु पत्रपत्रिकाहरुबाट, टेलिभिजनबाट, टेलिसिरियलहरुबाट, बेतार रेडियोहरुबाट, एफएमहरुबाट तथा बिधुतिय सन्जाल माध्यमबाट समाज परिवर्तनको लागी निरन्तर दिइरहेको पाइन्छ ।
५, खुशी जि, अब हामी तपाईको बिगततिर लाग्छौ, तपाई यो क्षेत्रमा कसरी आउनुभयो कसैको प्रेरणा अथवा तपाईको रहर हो गजलकार बन्नु ?
–: साहित्यमा मेरो सानोबाट नै रुची थियो । साहित्य लेखनमा म लाग्नुको रेडियो एफएमहरुमा बज्ने गरेका साहित्यिक कार्यक्रमहरुबाट मैले उत्साहित भएर लेख्न सिकेकी हुँ । गजल लेखन मेरो रहर सँगै अन्य गजलकार साथीसङ्गीहरुको प्रेरणा पनि हो ।
६, खुशी जि, गजल के हो? र यो कसरी लेखिन्छ ? र तपाईको सोचमा गजलकोे लक्षितबर्ग को हुन् ?
–: अग्रज साहित्यकारहरुले गरेको विश्लेषणमा गजलको परिभाषा बेग्लै होला र अ–आफ्नो किसिमको परिभाषा हुन्छ मलाई लाग्छ गजल मनको बह बिसाउने चौतारी हो । जव मैले कुनै पत्रपत्रिका, रेडियोमा प्रसारणहुने साहित्यिक कार्यक्रमहरु तथा बिधुतिय माध्यमबाट प्रसारण भएका लेख रचनाहरु सुन्ने र पढ्ने गर्दछु । मेरो विचारमा अझ पनि मलाई केहि जानकारी छैन त्यसैले अझ जान्नको लागी गजलबिधाको अध्यानलाई नै निरन्तरता मैले दिदा उचीत होला जस्तो लाग्छ ।
७, खुशी जि, भनिन्छ बाँच्नको लागी आर्थिक श्रोत चाहिन्छ कतीपय गजलकारहरु यहि समस्याबाट पिडीत भईरहेका हुन्छन्, उनीहरुको गजलमा निखारता नभएर की बजार लिन नसकेर यो भईरहको हुन्छ ?
–: बाँच्नका लागि आर्थिकस्रोत हुनैपर्छ तर गजलकार हरुले गजललाई आर्थिक आर्जन गर्ने थलोको रुपमा लिनुहुन्न भनेर म भन्न चाहन्छु । आर्थिक सङ्र्घषको यूगमा यो आर्थिक सँधै हाम्रो मानव जीवनमा हार हुन्छ । अत यही हारबाट साहित्य लेखनमा अगाडी बढेका साहित्यकारहरु सबै आर्थिक पिडित नै हुन्छौ भन्दा दुई मत नहोला । अ–आफ्नो रचना प्यारो सबैलाई लाग्छ त्यसैले मेरो विचारमा यद्यपी निखारता नभएको भन्नु मिल्दैन जस्तो लाग्छ ।
८, खुशी जि, अहिले, सबैले गजल लेख्ने, प्रसारण, प्रकाशन गर्ने र कत्तीले त हु—बहु अरुको सारेर आफ्नो नाम कमाईरहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र ? साहित्यको फाँटमा यसमा ध्यान कसको जानुपर्छ नि ?
–: हजुर एकदम मनले खोजेको प्रश्न गर्नु भयो धन्यवाद तपाईलाई । पक्कै पनि हु–बहु सार्नु सर्जकलाई अपमान गर्नु हो । जो साहित्यमा रुची राखेर साहित्य सृजना गर्दछ त्यस्ता साहित्यकारहरु त्यस्तो गर्दैनन् । यसरि भइरहेको बिकृतीलाई राज्यले बेवास्ता गर्नु नै हामी जस्तो साहित्य बिधामा कलम चालिरहेको सर्जकहरुको दुर्भाग्यको कुरा हो । यस्को लागी केहि अझ कडा कानुन बनाएमा उचीत हुन्थ्योकी भन्ने मेरो विचार । यो कुराको उठान गर्नु आजको आवश्यक्ता बनेको छ साहित्य फाटमा । यसको निर्मुल पार्नु साहित्यमा संलग्न अग्रज तथा सर्जक ज्यूहरु जागरुक हुन जरुरत छ अनि सरकारी निकायबाट पनि कुनै नीति नियम भए देखि हुन्थ्यो कि ।
९, खुशी जि, अहिले तपाई एकजना गजल बिधामा रहेर साहित्यलाई अगाडी बढाईरहनुभएको छ, तपाईजस्तै अन्य बिधामा रहेर साहित्य सिर्जना गनुहुने साथीहरुलाई के भन्नुहुन्छ ?
–: साहित्य आँफूमा आँफै सुन्दर छ । त्यसैले यो सताब्दीमा साहित्य मन नपराउने ब्याक्ति विरलै होलान । साहित्य सृजना अमर रहन्छ त्यसैले भविष्यको साहित्यकारको निशाना हुनेछ । तपाई हामीले साहित्य बिधामा रहेर कलमद्धारा अवाजलाई बुलन्द बनाइ राखौ र माया पिरतीका कुरा संगै समाजका राम्रा नराम्रा पक्षलाई पनि प्रथामिक्ता दिनुपर्छ भन्न चहान्छु । साहित्यको सृजना जुनै क्षेत्रबाट गरिएपनि थोपा थोपा भएर साहित्यको सागरमानै एकै ठाँउमा मिलनहुने छ गजल मात्र होइन अन्य बिधाका साहित्यनुरागीहरु लगायत समस्त साहित्य जगत हातेमालो गर्दै अगाडी बढौ अवश्य शिखर पुग्नेछौ भन्न चाहन्छु ।
१०, खुशी जि, अन्त्यमा, गजलमा के हुनुपर्छ र के को अभाव छ ? गजलमा कलम चलाईरहनु भएको अवको ५ बर्षपछि हामी कस्तो अवस्थामा तपाइलाई साहित्यको क्षेत्रमा पाउन सकिएला ?
–: लौ म माथी यस्तो प्रश्न तेर्साउँनुभयो प्रदिप अङ्कल जी गजल मनको बह बिसाउँने चौतारी हो । यौ चौतारीमा रहेको वर र पीपललाई हामीले सदावहार जल दिएर हरियाली जीवन्त दिनुपर्छ । हामिले जुनै अवस्था तह र तप्काबाट भएपनि जल थोपा–थोपा चुहाँउँनु पर्छ । किनकी आँफै सुसोजीत छ गजल त्यसैले गजलमा केही अभावको खाँचो छ जस्तो त लागेको छैन । विगत आँफूभित्र आँफै रमाई–रमाई बाचिरहेको छ । बर्तमानमा बिगतको जस्तो अवसर हुँदैन अव आयोे भविष्यको कुरा, वर्तमान सङ्ग भोलीवादी भोलीको सुन्दर बिहानीको पर्खाइमा हर समयहरु बितिरहेको छ । समय बलवान छ । आज म यहाँ छु भोलि कहाँ हुन्छु निश्चित छैन यसर्थ ५ वर्षपछी यो क्षेत्रमा म कुन अबस्थामा हुनेछु अहिले भन्नु सकिन्न तर समयको डौडानमा पछिको भविष्यको कुनै आशा छैन त्यही आशाको दीपमा समयको चक्रभित्र बन्दी भएको साहित्यको एउटा कुनामा लुकेर शायद साहित्यको सृजनामा निरन्तर रहेको पाउन सक्नुहुनेछ ।
११, हस्त धन्यवाद “खुशी” जि, यती धेरै समय दिनु भएकोमा म प्रदिप राई साथै हाम्रो युनिटको तर्फ बाट पुनः भेट्ने बाचा सहित अहिले लाई बिदा चाहन्छु ।
–: धनयवाद त मैले, तपाइ र तपाइको यूनिटलाई दिनुपर्ने हो किनकी साहित्यको विशाल सागरमा म जस्तो सिकारु फुच्चीको भलाकुसारी लिएर तपाइहरुको अमूल्य समयलाई खर्च गरेर म सङ्ग संवाद गर्नु भएकोमा । धन्यवाद । शुभ साहित्य ।

शुक्रबार, पुस १८, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्