क्यासिनो निर्देशिका संशोधन गर्न माग

काठमाडौँ, १४ वैशाख । सरकारले हालै गरेको क्यासिनो बन्दको निर्णयलाई लिएर क्यासिनो माजोङ्ले आफूले राज्यलाई दिनुपर्ने कुनै पनि बाँकी बक्यौता रकम बाँकी नभएको जनाएकोे छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यासिनो माजोङ्का प्रमुख सल्लाहकार रामेश्वर खड्काले राज्यले पछिल्लो समय जारी गरेको निर्देशिका अव्यावहारिक भएको भन्दै त्यसले नेपालमा कुनै पनि क्यासिनो सञ्चालन हुन नसक्ने बताउनुभयो ।

उहाँले अहिले क्यासिनो माजोङ्को नाममा रु २६ करोड बाँकी बक्यौता रकम रहेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताउँदै त्यो बक्यौता रकम अगाडिको सञ्चालक संस्था नेपाल रिक्रेसन सेन्टरको भएको प्रष्ट पार्नुभयो ।

खड्काले पुरानो बाँकी बक्यौता रकमको विषयलाई लिएर अदालतमा समेत होटल तथा रिक्रेसन सेन्टरको नाममा मुद्दा चलिरहेको बताउँदै यस्तो अवस्थामा सरकारले क्यासिनो माजोङको नाममा पुरानो बक्यौता भन्दै बन्द गर्दा मजदुर र सञ्चालकलाई समेत समस्या परेको बताउनुभयो ।

क्यासिनो माजोङ् नेपाल पर्यटन तथा होटल क्यासिनो रेष्टुरेंन्ट श्रमिक सङ्घका सचिव प्रेमप्रसाद खनालले राज्यले जारी गरेको निर्देशिकाबमोजिम सबै क्यासिनो सञ्चालकहरुले बाँकी बक्यौता रकम तिर्न टे«ड युनियनहरुले सकारात्मक पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

क्यासिनो माजोङ्का मानव संशोधन विभाग प्रमुख देवराज न्यौपानेले भोलि आइतबारदेखि नै क्यासिनो सञ्चालन गर्न व्यवस्थापन पक्ष तयार रहेको बताउँदै चाल आवको रोयल्टी पनि तत्काल तिर्न आफूहरु तयार रहेको बताउनुभयो ।

क्यासिनोे माजोङ् १५ महिनाअघि मात्रै सञ्चालनमा आएको बताइएको छ ।

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्