लुम्बिनीमा मन्दिर र स्तूपको भग्नावशेष फेला पर्यो

बुद्धकालीन ऐतिहासिक स्थलका रुपमा गौतमबुद्धको मावली रहेको रुपन्देहीको देवदह गाविस वडा नं ५ स्थित कन्यामाईमा गरिएको उत्खननका क्रममा प्राचीन मन्दिर र स्तूपको भग्नावशेष फेला परेको छ ।

लुम्बिनी विकास कोषको सक्रियतामा कोषअन्तर्गतका पुरातत्वविद् र पुरातत्व विभागका पुरातत्वविद् एवम् प्राविधिकबाट केही दिनयता गरिएको उत्खननका क्रममा मन्दिर र स्तूपको भग्नावशेष फेला पारिएको हो ।

लुम्बिनी विकास कोष र पुरातत्व विभागले तत्कालीन कोलिय राज्यको राजधानी रहेको स्थल पत्ता लगाउन लगातार गरिरहेको उत्खनन तथा प्रमाण सङ्कलनका क्रममा २० दिनदेखि कोषले कन्यामाईमा उत्खनन गरिरहेको कोषका पुरातत्वविद् हिमाल उप्रेतीले जानकारी गराउनुभयो ।
कोलिय राज्यको राजधानी भएको स्थान पत्ता लगाउने सन्दर्भमा दुई महिनाअघि पुरातत्व विभागले रुपन्देहीकै पण्डितपुरमा पनि उत्खनन गरिसकेको छ

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्