चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन काठमाडौँमा

butterfly-tatoos

gothic-rose-vine-tattoo-designsrose-skull-victorian-gothic-tattoo-tatoos-and-piercings-rtu7xrqz

 

 

01c72f51384bd5a1_flower-tatoos-1.xxxlarge_1

विभिन्न २० मुलुकका ट्याटुप्रेमीको जमघट आजदेखि यहाँ सुरु भएको छ ।

नेपाल ट्याटु प्रालिको आयोजनामा सुरु भएको चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा २० मुलुकका ८० ट्याटु आर्टिस्टको सहभागिता छ । शरीरका विभिन्न भागमा सियोले खोपेर बनाइएको रङ्गीन आकृतिहरुलाई ट्याटु भनिन्छ ।

तीनदिने सो सम्मेलनमा ट्याटुसम्बन्धी यथेष्ट जानकारी लिन सकिनेछ । मुआज इन्टरटेनमेन्ट प्रालि र मोहन्स ट्याटु इन सहआयोजक रहेको सम्मेलनमा करिब १० हजारले सहभागिता जनाउने बताइएको छ ।

नेपाल ट्याटु प्रालिका निर्देशक विजय श्रेष्ठले ट्याटुको माध्यमबाट नेपालको कला, संस्कृतिलाई विश्वसामु परिचित गराउने यस सम्मेलनमा अवसर मिलेको बताउनुभयो । विदेशी कला र नेपाली कलाको आदान–प्रदान गर्ने राम्रो अवसर भएको उल्लेख गर्दै उहाँले विदेशी कलाकारलाई नेपालका बारेमा जानकारी दिने र अन्य समयमा पनि भ्रमणका लागि आमन्त्रण गर्ने उद्देश्य सम्मेलनको रहेको बताउनुभयो ।

महोत्सवमा ट्याटुसम्बन्धी गोष्ठी, प्रतिस्पर्धा तथा साङ्गीतिक समूहको प्रस्तुति पनि रहनेछ ।

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्