मञ्जु पौडेलको रमाइलो मेलैमा लोक गित बजारमा

mmअनिल खत्री/गुल्मी,  । लोक संगितको बजारमा मञ्जु पौडेलले ल्याइन रमाइलो मेलैमा । गुल्मी जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा आफनो नाम उच्च राख्न सफल गायिका तथा उदघोषिका मञ्जु पौडेलले फेरि ल्याइन रमाइलो मेलैमा पछिल्लो लोक गितको एल्वम बजारमा ल्याएकी छिन । लोक गितको माध्यमबाट आफनो नाम परिचित बनाउन सफल गायिका मञ्जु पौडेलले बजारमा ल्याएका उनका सबै एल्वम दर्शक स्रोताले मन पराएका छन । कुनै गित समाजिक सन्देश बोकेका गित रहेका छन भने कुनै माया प्रेममा आधारित गित उनको आवाजमा बजारमा आएका छन ।
सामाजिक सन्देश दिने खालका लोक गित,पञ्चे वाजका गित,रोइला गित र तिजका गितमा उनले आवज दिएर उनले धेरै गित बजारमा ल्याएकी छिन । लोक संगित मार्फत समाजमा सन्देश दिने खालका गित बजारमा ल्याएकी गायिका मञ्जु पौडेलले पछिल्लो समयमा माया प्रेममा आधारित रमाइलो मेलैमा लोक गित मंगलवारबाट बजारमा ल्याएकी छिन । उनकै आवाजमा बजारमा आएको गित धेरै दर्शक स्रोताको मन छुने उनले बताइन । उनको एकल आवाजमा गाएको गित आषिस म्युजिक प्रा.लि.ले बजारमा लएको हो । पछिल्लो समय यता उनले आफैले निकालेका जितमा आफैले म्युजिक भिडियोमा मोडलिङ्ग गरेकी छिन ।
स्टेज कार्याक्रममा संञ्चालन गर्न निकै खप्पीस उदघोषिका मञ्जु पौडेल लाइभ लोक दोहोरी गित गाउन पनि उनि परिचित छिन । २०६० सालमा लोक दोहोरी क्षेत्रमा प्रबेश गरेकी गायिका मञ्जु पौडेले दर्जनौ एल्वमा आफनै आवाजमा ल्याएकी छिन । रमाइलो मेलैमा लोक गित पछि लगत्तै अर्को लोक गित निकाल्ने तयारिमा रहेको गायिका मञ्जुले बताईन । रामजी खाँड संग उनले आवाज दिएर बजारमा ल्याउन लागेको उक्त गित मनको तिर्खा मायाले मेटेको तिमी र लुकेरै भेटेको थापाएछन गाउमा तिमीलाइत म भाको चुरोट धुवा सरि फैलेछ कुरो त उक्त गितको म्युजिक भिडियो निमार्ण हुदै गरेको गायिका मञ्जुले बताइएन । योगित मलाई अझ वढी चिनाउने र दर्शक स्रोताले निकै मन पराउने आसा रहेको गित नेपाली कलालाई बताउने क्रममा एक टुक्का गाएर सुनाएकी थिइन । गायिका तथा उदघोषिका मञ्जुले भनिन बुधवार मेरो जन्म दिन हो जन्म दिनको अबसरमा अनार्थ वालवालिकालाई भेट्ने कार्यक्रममा रहेको समेत बताईन ।

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्