नायक आर्यन सिग्देल बास्तविक जिवनमा सपना भण्डारीको दुलाहा

काठमाडौं,९ बैशाख ।
चलचित्रमा धेरै पटक दुलाहा बनेका नेपाली सिनेमाका निकै चर्चित नायक आर्यन सिग्देल बास्तविक जिवनमा सपना भण्डारीको दुलाहा राजा बनेका छन् । बैशाख ६ गते सपना सगँ लगनगाँठो गासेका आर्यनले ७ गते काठमाडौंको बानेश्वर बैक्वटमा प्रिति भोजको आयोजना गरेका थिए ।aryan and sapana married (46)

नेपाली कालाकार देखी पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको प्रिती भोजमा एउटा रमाइलो दृश्य पनि देखाए आर्यनले । केहि दिन देखी अनिधो भएका आर्यन निकै रमाइलो मुडमा भएपनि कता कता सपनाको मायामा पागल बनेका थिए । कार्यक्रम सुरु भएको निकै बेर पछि आर्यनले सपनालाई आफनो बाहुमा कसे र निकै मायालु मुद्धामा सपनालाई किस गर्न खाजे तर सपनाले मान्छेको भिड देखी लजाइन र आर्यनको त्यो मायालु कसाइलाई हटाइन । सपना भण्डारी पनि आर्यनले कति खेर माया गर्छन होला भन्ने मुडमै थिइन तर मान्छेको बाक्लो उपस्थितिले उनीहरुलाई त्यो काम गर्न दिएन । फेसबुक बाट बसेको मायापिरती अन्तत विवाह बन्धनमा गासिएका उनीहरुको जोडि निकै सुहाएको त्यहाँ उपस्थिति धेरैले बताएका थिए ।timthumb (5)
कार्यक्रम सुरु भए देखी सपनाले आर्यनको हात समातेकी थिइन त्यहाँ कार्यक्रममा उपस्थित भएका धेरैले कुरा गर्दै सपनाले आर्यनलाई धेरै खुसी दिन्छिन् । ४ बर्ष देखीको उनीहरुको माया विवाह बन्धनामा बाधिदाँ उनीहरु निकै खुसी देखिएका थिए । आर्यनले अभिनय गरेका केहि चलचित्रको गितमा आर्यन र सपनालाई पनि नचाए त्यहाँ उपस्थित सबैले तर आर्यनले नाच्ने क्रममा सपनालाई आफनो बसमा परि आफनो ओठ सपनाको मुहार सम्म पुराएका थिए तर सपनाले आर्यनको मुख हटाई मात्र मुस्कुराउदा त्यहाँ उपस्थित सबैले धेरै होहल्ला गरेका थिए । नेपाली सिनेनगरीमा चक्लेटी नायकका रुपमा चिनीएका आर्यन हाल उनको पछिल्लो चलचित्र नोभेम्बर रेनको प्रमोशनमा व्यस्त समेत छन् ।

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्