म सँग यौन सम्बन्ध राख्दा क्यान्सर निको हुन्छ भन्ने डाक्टर बिरामीसहित समातिए

काठमाडौं । अहिलेको दुनियाँमा क्यान्सरलाई निकै खतरनाक रोग मानिन्छ, यस रोगको उपचार पनि निकै महँगो मानिन्छ । क्यान्सर रोगलाई नेपाल जस्तो देशमा सबैभन्दा ठूलो रोग मानिन्छ । धेरैको मृत्यु यसै रोगका कारण हुने गरेको छ ।

 

यो बीचमा क्यान्सरसँग सम्बन्धित एउटा अचम्मको घटना सार्वजनिक भएको छ । बाहिर आएको खबर अनुसार एक डाक्टरले क्यान्सर रोगीलाई यौन सम्पर्कले क्यान्सर निको हुने खुलेको छ ।

तर, त्यो डाक्टर रंगेहात समातिए र उनको सबै हर्कतको पर्दा खुल्यो । वास्तवमा यो घटना इटालीको हो । ‘डेली मेल’ को रिपोर्टका अनुसार एक महिला त्यहाँका प्रसिद्ध डाक्टरकहाँ पुगिन् । उनलाई आफू क्यान्सरको सिकार भएको जानकारी थियो ।

डाक्टरले ति महिलालाई क्यान्सर निको पार्ने भए म सँग सम्बन्ध राख्नु पर्ने बताएका थिए । महिलाले डाक्टरको नियत के हो बुझिनन्, त्यसपछि उनले डाक्टरको लागि योजना पनि बनाइन् । ती महिलाले एउटा च्यानललाई सम्पर्क गरी सबै कुरा सुनाइन् ।

महिला फेरि डाक्टरकहाँ पुगेपछि डाक्टरले उनलाई होटलको कोठामा लगेर गएका थिए । डाक्टरका सबै क्रियाकलाप क्यामेरामा रेकर्ड भइरहेका थिए र त्यही बेला च्यानलको सम्पूर्ण टोली त्यहाँ पुग्यो । जब डाक्टरले उनी स्टिङ अपरेसनको शिकार भएको थाहा पाए तब उनको होश उड्यो ।

बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्