आज जनै पूर्णिमाः यस्ताे छ धार्मिक एवं वैज्ञानिक महत्व

काठमाडौँ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।

रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीबिरङ्गी राखीले पसल सजेको छ ।

पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

आज जनै पूर्णिमा पनि हो । जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।

यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।

ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ,यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रिय सँग जोडिएको हुन्छ ।

हिन्दु धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ।हिन्दु धर्मालम्बीहरुमा ब्रतबन्ध सस्कार गरिसकेका पुरुषहरुले काधमा लगाउने गरेको धागोलाई जनै भनेर भन्ने गरिन्छ,देख्दा धागो जस्तो भएता पनि यसभित्र बैदिक बिधान अनुरुप प्रतिष्ठा गरेर शक्तिशाली बनाइएको हुन्छ,धागोमा बिभिन्न देवताहरुको आराधना गरेर अभिमंत्रण गरि सकेपछी त्यो जनै वा यज्ञोपवित बन्दछ।janai6

शुध्द व्यक्तिले काटेको कपासको धागोलाई बिधान पुर्बक बाटेर छुट्टै किसिमले गाठो पारिएको हुन्छ,त्यस गाठोलाई शिखा भन्ने गरिन्छ,एउटा जनै वा यज्ञोपवितमा ३ डोरा हुन्छ, त्यो ३ दोरा भित्र पनि प्रत्यक डोरामा ९ वटा धागो हुन्छ जुन बेस्सरी बाटिएको हुदा सजिलै नदेखिन पनि सक्छ,यसलाई बिस्तारै केलाएर हेरेमा मात्र देखिन्छ,जसलाई तन्तु भनिन्छ,यसरि निर्माण गरिएको २ वटा जनै भए पछी १ जोर या न कि १ जनै बन्छ र त्यसलाई जनै पुर्णिमाको दिनमा बिधि पुर्बक अभिमंत्रण गरेर तन्तु देवता र शिखामा ब्रम्हा बिष्णु र महेश्वरको पूजा गरि ब्रम्ह सुत्र बनाइन्छ र धारण गरिन्छ, बिधिपूर्बक ब्रम्हसुत्र धारण गर्ने र ब्रम्ह कर्म गर्ने भएकोले पहिले देखिने ब्राह्मण भनेर नामकरण गरिएको हो ।

धार्मिक दृष्टिकोणबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र हुने मानिन्छ,जनै धारण गरेको व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले आक्रमण गर्न सक्दैन। जुनसुकै धार्मिक कार्य गर्दा पनि पुरुषले जनै अनिबार्य धारण गरेको हुनु पर्दछ,बिना जनै गरिएको काम पुरा नहुने मात्र होइन बिपरित फल समेत दिन सक्ने हुन्छ। यसलाई हिन्दु धर्मको एउटा अनुशासनको कडी मान्न पनि सकिन्छ।

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ,यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रिय सँग जोडिएको हुन्छ । पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बाया काधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ भने निन्द्रामा भुत प्रेत आदि बाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ । काधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ । यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ,त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिक मानिन्छ, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस दिन तन,मन,बचन र भाब शुद्ध गरी देवता,मनुष्य, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।

ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ,यज्ञोपवित धारण बैदिक बिधान द्वारा सस्कारित द्विजहरुले गर्ने गर्दछन भने अन्य सबै नारि पुरुषले डोरो वा रक्षाबन्धन धारण गर्ने गर्दछन,रक्षा बन्धनको धारणले व्यक्तिलाई बिबिध किसिमका अफ्ठ्यारो परेको बेलामा पनि रक्षा गर्नेछ भन्ने धार्मिक मान्यता र किम्बदन्तीहरु पाइन्छन। रक्षाबन्धन अभिमंत्रित गरेर बाध्ने बेलामा पढिने मन्त्र यस प्रकार छ।

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।

नेपालि भाषामा
“सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन,विचलित नहोऊ”

जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्ने व्यक्ति, देवऋण, ऋषीऋण (मनुष्य ऋण) र पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। दानवी शक्तिबाट रक्षीत हुनका लागि आजै रक्षा बन्धन धारण गर्ने गरिन्छ। जनैपूणिर्माको दिन बांधिएको रक्षाबन्धन गाइतिहारका दिन गाईको पुच्छरमा बांधि दिएमा मृत्युपछि वैतरणी नदी पार हुने जन विश्वास छ ।

काठमाडौं उपत्यका र यसको प्रभाब परेका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायमा भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुूग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाएर मनाउने गर्दछन् । यस दिन रसुवा जिल्लामा पर्ने लाङ्टाङ्ग हिमालयको काखमा रहेको गोसाईकुण्डमा ठूलो मेला लाग्दछ। साथै गोसाइकुण्डबाटै पानी आइराखेको जनविश्वास रहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ।

रक्षाबन्धन धारणको बिषयमा शास्त्र र ब्यबहारमा केहि फरक मत देखिन्छ,शास्त्रको निर्णय अनुसार पुरुषले दाया हातमा र महिलाले बाया हातमा धारण गर्नु पर्दछ भनिएको छ,तर अहिले समानताको नाममा वा प्रसाद त दाया हातमा लगाउनु पर्दछ भन्ने मान्यता र यस्तै बिबिध मत मतान्तरको आधारमा सबैले दाया हातमा धारण गरेता पनि शास्त्रको निर्णय अबलम्बन गर्ने हो भने पुरुषले दाया र महिलाले बाया हातमा नै धारण गर्ने हो। केहि कारणले जनै पूर्णिमा मा अभिमंत्रण गर्न सकिएन जनै र रक्षा बन्धन धारण गर्न बिध्न पर्यो भने अनन्त चतुर्दशीको दिनमा पनि गर्न सकिन्छ ।हाम्रो धार्मिक कार्यहरु सबै ब्यबहारिक र बिज्ञान सम्मत छन् त्यसलाई हामीले बुझ्न र प्रयोग गर्न सक्नुपर्दछ।

जनैपूर्णिमा र ऋषितर्पणीको महत्व !
श्रावणशुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धनलाई जनैपूर्णिमा र यो पर्वलाई ऋषितर्पणी पनि भनिन्छ। ऋषिहरुले श्रावण महिनामा स्वाध्याय र यज्ञको पूर्णाहूति यसै तिथिमागर्ने गरेको हुनाले ऋषितर्पणी भनिएको हो।यो दिन सप्तऋषिहरु कश्यप ,अत्रि ,भरद्वाज,विश्वामित्र ,गौतम ,ज्यमदग्नी र वशिष्ठ आदिको,पूजा ,अर्चनागर्नुको साथै उहाँहरुलाई तर्पण पनि दिनु धार्मिक मान्यता रहेको छ।

जनैपूर्णिमा सनातनी हिन्दू धर्मलम्वीहरुले बिहानै नदी, तलाउमागई गाईको गोबर तथा तुलसीको मोठको माटोलगाई नुहाएर शुद्धभई वैदिक विधिपूवर्क मन्त्रिएको नयाँ जनै –यज्ञोपवित्र फेरेर जनैपूर्णिमा मनाइन्छ ।हिन्दू दर्शन अनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् । यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ ।मूलतः हामीले धारण गर्ने जनैको आयु सरदर चार महिनाको हुन्छ । हाम्रा शास्त्र अनुसार ‘ सूतके मृतके चैव गते मासचतुष्टये ।

नव यज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत् ।।’ अर्थात् सूतक र मृतक आशौच वा चार महिना बितेको कारण तिम्रो मिति गुज्रियो अतः म अब नयॉ यज्ञोपवीत धारणा गर्दछु । नयॉ जनै पहिरिंदा यो श्लोक पढ्नु पर्दछ —‘ यज्ञो–पवीतं परमम् पवित्रम् , प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रम् प्रतिमुञ्च शुभ्रम् , यज्ञोपवीतं बलमस्तु तेजः ।। ’ अर्थात् जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो , यो सृष्टिकर्तासँगै जन्मिएकोहुँदा यसलाई धारण गर्नाले आयु , बुध्दि , तेज र बलको श्रीवृध्दि हुन्छ।त्यसै गरी ब्रह्मचर्याश्रम , गृहस्थाश्रम र वानप्रस्थ आश्रमको बेला यसको धारणा अनिवार्य हुन्छ भनेर जनाउ दिन पनि तीन तीन डोरा बनाइएको हो । जनैमा पॉचवटा ग्रन्थी वा शिखा बनाइएको हुन्छ। ती गॉठाहरुले पञ्च महायज्ञलाई लक्ष्य गरेका हुन् भने हामी प्राणीहरुको रचनामा पृथ्वी , पानी , तेज , हावा र आकाशका पञ्चतत्वलाईसङ्केत गरेको प्रतीत पनि हुन्छ ।

देवऋण , पितृऋण , ऋषिऋण र पॉच यज्ञलाई हृदयतः यज्ञोपवीत्र धारीले स्वीकार गर्दछन् । मान्छेको शरीरमा मुटु बायॉ भागमा भएकोहुँदा यो ब्रह्मसूत्र पनि बॉया कॉधपटिबाट धारणगरी दॉयापटि झारिन्छ । यसरी हाम्रो केन्द्र भागलाई सन्तुलित र सुरक्षित गराउन यो संयम–सूत्रलाई यसरी लगाउने प्रचलन गरेको हो।शौचको समय जनैलाई दक्षिणपटिको कानमा सिउरिनु पर्दछ । यो कुरालाई वैखानस धर्म प्रश्न , बौधायन गृहसूत्र र याज्ञवल्क्यस्मृतिले आ–आफ्ना प्रकरणमा बताएका छन् । कानमा सिउरिनु पर्ने कुरालाई मनु यसरी स्पस्ट पार्दछन् ‘ ऊध्र्वं नाभेर्मेध्यतरः पुरुषः परिकीर्तितः ’ अर्थात् पुरुष नाभिभन्दा माथि पवित्र हुन्छ । नाभिभन्दा तल्लो भाग मलमूत्रधारक अङ्ग भएकोले यो अपवित्र हुन गएकैले जनैको शुध्दता जोगाउन यो उपाय गरिएको हो । अनि अर्को कुरा कान अत्यन्त पवित्र ज्ञानको भण्डार पनि हो । हाम्रो शरीर पार्थिव इन्द्रिय नाक हो भने जलीय इन्द्रिय जिब्रो , तेजस इन्द्रिय ऑखा वायव्य इन्द्रिय छाला र आकाशीय इन्द्रिय कान हो । अरु इन्द्रियहरु अपवित्र हुन्छन् तर आकाशीय इन्द्रिय कान कहिल्यै अशुध्द हु‘दैन ।त्यसले जनै मल ,मुत्रगर्दा कानमा जनै हाल्नुपर्दछ।

जनै
पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरूलाई इन्द्रका गुरु बृहस्पतीद्वारा रक्षाबन्धन तयार गरी जोगाएको र वानम अवतार विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जनै पूर्णिमाको महत्व छ । जनै पूर्णिमामा बाँधिएको डोरी गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ । आजकै दिन भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्ध ‘ललितविस्तार’ मा उल्लेख गरिएको पाइन्छ ।

‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल ।’

यी मन्त्रहरु जप्दै रक्षाशुत्र लगाउने र बाँध्ने काम गरिन्छ । उक्त मन्त्रको अर्थ हो जुन रक्षा सूत्रले बाँधेर शुक्राचार्यले महाबलि राजाको रक्षा गरेका थिए, उही सूत्र ‘धागोले’ म तिमीलाई बाँधेर तिम्रो रक्षाको कामना गर्छु ।
रक्षाबन्धनको सुरुवात कहाँ र कहिलेबाट भयो यकिन प्रमाण भेटिँदैन । अड्कल लगाउँदा यसको जन्म पुरुषको रक्षा भावाले भएको हो भन्न सकिछ । ऋग्वेद (दशम मंडल) का अनुसार शची (इन्द्राणी) ले देवगुरु बृहस्पतिको सल्लाअनुसार ईन्द्रको हातमा बाँधेर लडाइँमा गएकाले विजय प्राप्त गरेको भनाइ पाइन्छ । भविष्य पुराणका अनुसार ईन्द्र असुरसँग पराजित भएर स्वर्ग छोडेर भाग्नुपर्ने स्थिति आयो। त्यस बखत उनी आत्तिएर त्रिदेवका शरण पुगे । त्रिदेवले मद्धतगर्न नसक्ने बताएपछि पार्वतीको शरणमा पुगे । पार्वतीले दैवीशक्ति संयुक्त रक्षासूत्र इन्द्रको हातमा बाँधिदिएपछि दैत्यहरूलाई पराजित गरे । वामन पुराणमा राजा बलिलाई विष्णुले पैतालाले पातालमा पुर्याएको कथा पाइन्छ । भागवतमा यशोदाले दुष्ट आत्माबाट कृष्णलाई बचाउन रक्षासूत्र बाँधेको उल्लेख छ । महाभारतमा कृष्णको औँलामा चोट लागेर रगत नरोकिएपछि द्रौपदीले आप्नो साडीको किनार च्यातेर बाँधेपछि रगत रोकिएपछि खुसी भएर के बर माग्छ्यौ माग भन्दा समय आएपछि माग्नेछु भनेकी थिइन् । त्यो चीरहणका बेला कृष्णले साडी दिएर लाज बचाएको इतिहास पाइन्छ ।

वास्तवमा यस संसारमा दुई थरी बन्धन हुन्छन् मानिसलाई एक ईश्वरीय अर्को सांसारिक बन्धनले दुःख दिन्छन् । यो सांसारिक बन्धनबाट मुक्तहुन मानिस महात्माकहाँ गएर प्रश्न गर्छन्। हामीले ईश्वरको स्वरूपमा मनलाई कसरी जोड्ने रक्षाबन्धन केबल सांसारिक बन्धनबाट नारी जातिको रक्षाका लागि मात्र होइन, नर तथा नारी दुवैले रक्षाबन्धन बाँधेर पवित्रताको व्रत धारण अन्य मानव आत्मालाई पनि कल्याणकारी बन्धनमा बाँध्नु यसको सार्थकता हो । रक्षाबनधन केबल शारीरिक रक्षाका लागि मात्र होइन, सबै मनुष्यलाई मन, वचन र कर्ममा पवित्र रहने भन्ने भनाई पाइन्छ । जब जीवनमा पवित्रताको धारण हुन्छ तब जीवन, परिवारमा, समाजमा विश्वमा सच्चा सुख तथा शान्ति मिल्छ । वास्तवमा रक्षा बन्धनलाई सबै मानवको रक्षाको रुपमा लिइन्छ।
आज संसारमा मानिसलाई पाँच प्रकाका रक्षाको आवश्यकता देखिन्छ । पहिलो सुरक्षा तनको रक्षा अन्तिम दिन आइसकेपछि कसैले पनि कसैले पनि मृत्युलाई रोक्न सक्दैन ।

दोस्रो रक्षा धर्म हो । दुःख परेको बेला मलाई सहायता गर्नुहोस् भनेर वर माग्नु हो । तेस्रो कालको भयबाट मुक्त हुनु हो । मानिस स्वयं नै कालको अधिनमा छ।कसैलाई पनि कालले छाड्दैन । अमर कोही छैन्। कालका पनि महाकाल महाकालेश्वर शिवको मृत्युन्जयको पाठ गर्छन् । चौथो प्रकारको रक्षा सांसारिक अपवाद, पारिवारिक संकटबाट रक्षा । पाँचौँ रक्षा मायाको विघ्नबाट रक्षा । वास्तवमा सूत्र बाँध्नु संकल्प गर्नु नेपाली संस्कृतिमा दृढ प्रतिज्ञा गर्नुको प्रतीक हो ।

यो पर्व हिन्दूहरूको मात्र नभई सबै मानवको कल्याणका लागि हो । रक्षाबन्धनको अर्थ आप्नो रक्षाका लागि बाँध्नु । आपत्ति अथवा आयु, आरोग्य वृद्धिकोलागि रक्षाबन्धन बाँधिन्छ । भगवान् कृष्ण गीतामा भनेका भन्नुहुन्छ। ‘मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव’ अर्थात् ‘सूत्र’ अविच्छिन्नताको प्रतीक हो । ‘सूत्र’ धागो भिन्नभिन्न फूल, मोतीलाई एउटै मालामा समाहित गर्छ । आफ्न्तलाई जोड्छ । जब संसारमा नैतिक मूल्यको ह्रास हुन्छ। तब भगवानद्वारा धर्तीमा पवित्र धागो पठाउनुहुन्छ ।
यो दिन क्वाँटी खाने पनि चलन छ। किनकि हाम्रो नेपालका कृषकहरुको सन्दर्भमा खेतीको काम साउनमा सकिने भएकाले वर्षायाममा हिलोमा खेल्दा शरीरमा चिसो पस्ने भएकाले त्यसबाट शरीरलाई मुक्ति दिलाउन पनि क्वाँटी खाने गरिन्छ। यो खानाले शरीरमा ओज ,तेज ,शक्ति प्राप्त भै शरीरमा शक्तिको संचय हुनेछ।

आइतवार, भदौ ६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्