२४ घण्टामा २ हजार २३७ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५३९ र ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जना गरी जम्मा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५० जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सोमवार, साउन ११, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्