औषधीय गुणले भरिएकाे बहुउपयोगी चिराइताे

परापूर्वकालदेखि चिराईतो एक किसिमको बहुउपयोग आयुर्वेदिक उपचारका रूपमा प्रयाेग हुँदै जडीबुटी हो । चिराइतोका बोटहरु करिब आधा मिटरदेखि १.५ मिटरसम्म अग्ला हुन्छन् । यो शितोष्ण हिमालयको काश्मीरदेखि भुटान र भारतको मेघालयदेखि खासिया पहाडसम्म फैलिएको छ । नेपालमा समुद्री सतहदेखि १२०० देखि ३००० मिटर उचाईसम्मको उपचाईमा यसको उत्पादन हुन्छ ।

नेपालको करिब ४० वटा पहाडी जिल्लाको पूर्व र पश्चिम फर्किएका ठाउँहरुमा यो पाइन्छ । चिराइतोको वैज्ञानिक नाम स्वेर्तिया चिराईता हो । यसलाई नेपालमा ठाउँ अनुसार चिराइतो, तिते, चरैतो, चिरैता, तिक्ता आदि नामले चिनिन्छ । संस्कृत भाषामा यसलाई चिरतिक्त वा किराततिक्त भनिन्छ । त्यसकारण सुश्रुत संहिता र चरक संहितामा यसको नाम चिरतिक्त उल्लेख गरिएको छ । यसको अर्काे विशेषता भनेको एउटै फूलमा भाले तथा पोथी दुबै योनीहरु पाइन्छ । यसको बिउ कोसामा लाग्छ । कोसाहरु अण्डाकार हुन्छन् । यिनै कोसाभित्र धेरै कोण भएका मसिना बिउहरु पाइन्छ । यसको स्वाद भने निकै तीतो हुन्छ ।

चिराईंतोमा पाइने मुख्य तत्व चिरेटिन हो । चिराईतो यस्तो जडिबुटी हो, जसको सम्पूर्ण भाग औषधीय हिसाबले महत्वपूर्ण मानिन्छन् । स्थानीय स्तरमा मलेरिया ज्वरो आउँदा यसलाई पानीमा भिजाई रस बिरामीलाई पिउन दिइन्छ । चिराईतोमा औलिएनोलिक अम्ल र स्वर्सिया मेरिन भन्ने तत्व समेत हुन्छ । यसको प्रयोग तागत दिने र पेटसम्बन्धी समस्याको समाधान, गर्भवती महिलको पिसाब थैली दुखेको समस्या, जोर्नीहरु दुखेको, छाला सम्बन्धी रोग, आँखा पोलेको कम गर्ने, दृष्टि बढाउने जस्ता कामको लागि अतिउपयोगी रहेको चिकित्सा विज्ञानमा उल्लेख गरिएको छ ।

जसले कपाललाई लामो बनाउनसमेत मद्दत गर्छ । प्राणघातक रोग क्यान्सरका बिरामीहरुको लागि बन्ने औषधि र औलो ज्वरोको लागि पनि चिराईतोको प्रयोग गर्ने गरिन्छ । बियर कम्पनीहरुले समेत यस्तो औषधि बनाउने गरेको पाइन्छ । एजेन्सीहरूकाे सहयाेगमा

सोमवार, जेष्ठ ३१, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्