सुनको मूल्य बढ्यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा प्रतितोला ५ सयले बढेर छापावाल सुनको मूल्य ८८ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार ३ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ ८७ हजार ५ सय ५० कायम भएको महांसघले जनाएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार १२ सय ३५ ,मा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैंयाले बढेर १२ सय ४५ कायम भएको हो । पछिल्लो समय सुनचाँदीको भाउ नेपाली बजारमा उकालो लाग्न थालेको छ ।

बुधबार, चैत्र २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्