निर्वाचनको तयारीमा जुट्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । सत्तारुढ नेकपा (एमाले)का नेता समेत रहेका भएका मन्त्री गुरुङले छिट्टै निर्वाचनको मिति घोषणा हुुन सक्ने औंल्याउँदै तयारीमा जुट्नपर्ने बेला आएको बताएका हुन् ।

गृहजिल्ला दोलखास्थित कालिञ्चोक गाउँपालिकामा रहेको सित्का माध्यामिक विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहलाई आईतबार सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनको मिति छिट्टै घोषणा हुुनसक्छ, त्यसको तयारीमा जुटनुुहोस् ।’

मन्त्री गुरुङले एक वर्ष भित्र स्थानीय तहको निर्वाचन पनि हुने उल्लेख गर्दै जनताको बीचमा राम्रो काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए । मुलुकको समृद्धि र विकासका लागि सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्दै मन्त्री गुरुङले निर्वाचनमा जान एमाले नडराउने पनि स्पष्ट पारे । उनले निर्वाचनमा जानेकुरा प्रतिगमन हुनै नसक्ने दोहो-याए ।

मन्त्री गुुरुङले दोलखालाई शैक्षिक हवको रुपमा विकास गर्न सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले दोलखाको समृद्धिका लागि एकजुट भएर अघि बढन स्थानीय तहका राजनीतिक दलहरुलाई अनुरोध गरे ।

कार्यक्रममा मन्त्री गुरुङले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरे भने विद्यालयकी प्रधानाध्यापक जमुुना खुुलालले विद्यालयको शैक्षिक विकासमा सरकारको थप सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

सोमवार, चैत्र २३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्