अन्तर्राष्ट्रिय महिला दिवस : रन्जु प्याकुरेल

अन्तर्राष्ट्रिय महिला दिवस हरेक बर्ष ८ मार्चका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइन्छ।हाम्रोदेशमा यहि फाल्गुन २४ गते १११औं महिला दिवश मनाउन लागिएकोछ।महिला बिकाश,सम्मान,र अधिकारका बिषयहरु मुख्य रुपमा उठ्ने गरेपनि महिला र पुरुष बराबर हुन भन्ने कुराको सन्देश दिनु नै यस दिवसको मुख्य उद्देश्य रहेको पाइन्छ। सन १९०८ मा न्युयोर्क शहरमा १५००० भन्दा बढी महिलाहरुले कामगर्ने समय सिमा ,तलब वृद्धि र मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सडक आन्दोलन गरेका थिए।१९१० मा कोपेन्हेगेनमा भएको महिला सम्मेलनमा क्लारा जेट्किनले प्रस्ताव गरेपछी १९११ बाट यो  दिवश मनाउन सुरु गरिएको ईतिहास छ।बिश्वका विभिन्न देशहरुले ५०औँ महिला दिवश मनाइ सक्दा बि सं २०१६ बाट बि पि कोइरालाको पालादेखी नियमित रुपमा नेपालमा पनि मनाउन थालिएको हो।सन् १९९६ देखि यो दिवशलाइ एउटा नारा (thim) दिन थालिएको हो यसको पहिलो नारा “बिगतलाइ उत्सवको रुपमा राखौं र भविष्यको लागि योजना बनाउँ”भन्ने थियो ।गत बर्ष “लैङ्िगक समानताको पुस्ता” भन्ने नारा थियो ।त्यसैगरी यसबर्ष कोविड १९ को जटिल अवस्थामापनि अग्रस्थानमा रहेर काम गर्ने स्वास्थकर्मी लगायतका नेतृत्वदायी भुमिका निर्वाह गर्ने महिलाहरुको सम्मानमा ” women in leadership : an equal future in a covide 19 world अर्थात ” महिला नेतृत्व:कोविड १९ को अवस्थामा एक समान भविष्य ” भन्ने हुन्छ।नेपालमा भने यसबर्ष “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने छ। महिलाहरु पुरुष सँग बराबरी भएर काम गर्न सक्छ्न भन्ने बुझ्नु पर्छ।यसले बिशेषत: कोरोना कालमा सफलतापुर्बक कार्य गर्ने महिलाहरुलाइ इंगित गरेको छ।संसार भरी नै महिला बिकाशको क्रम तिब्र रुपमा भएकोछ ।हाम्रो जस्तो बिकाशोन्मुख देशमा पनि यो क्रम तिब्र नै छ ।जस्तो दुखमा पनि सहजै मुस्कुराउन सक्ने ,सुख र दुखको समायोजन गर्न सक्ने क्षमता मात्र महिलाहरुमा हुन्छ।पुरुष बराबर भएर मात्र होइन अब त्यो भन्दा पनि अब्बल भएर आफ्नो कार्यकुशलता प्रस्तुत गर्छन ।महामारीको अवस्थामा धेरै छोरीहरुले काम गर्दा गर्दै ज्यान गुमाएका छन् ।बिचलित नभइ कार्य क्षेत्रमा खटिनु ,पारिवारिक शुखसयल,दुधमुखे बालकलाई समेत छोडेर अहोरात्र कार्यक्षेत्रमा खटिने महिलाहरु वास्तवमै सम्मान योग्य भएको ठहर गर्नु सराहनिय छ। महिला नेतृत्वलाई देखावटी रुपमा मात्र अगाडि ल्याउने हाम्रो समाजले नेतृत्वदायी भुमिकामा त्यति रुचाउँदैन।सेरेमोनियल भएपनी महिला राष्ट्रपती भएको हाम्रो देशमा महिला प्रधान मन्त्री कहिले बन्ने होला?यो प्रश्न अझै कैयौँ बर्ष अनुत्तरित नै रहनेछ।हुनत हाम्रो देशको संबिधानले ४०% महिलाहरुलाइ स्थानिय तहमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने ठाउँकालागी आरक्षित गरेको छ।सम्बिधानले प्रदत्त गरेका अधिकार ती महिलाहरुgले खासै प्रयोग गर्न पाएका देखिंदैन।अधिकांस ठाउँहरुमा पुरुषहरु र उनिहरुका श्रीमानहरु नै हावी हुनेगरेकाछन्।आफैंले नगरी सिकिंदैन गर्नै नपाएपछी कसरी सिक्ने?हुनत हाम्रो जस्तो देशमा महिलाहरु नै नेतृत्वमा आउन चाहाँदैनन्।समय सन्दर्भले उनिहरुलाइ यो काम जटिल हुन्छ।बच्चा जन्माउनु र स्वयंले तिनिहरुको स्याहार गर्नुपर्ने प्राकृतिक बाध्यताहरु ठूला चुनौती हुन्।सम्पतिमा निर्णायक अधिकार नहुनु,पारिवारिक जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न नसक्दा सामाजिक कटाक्षको सिकार बन्नुपर्ने जस्ता कुराहरु पर्छन।कतिपय अवस्थामा परिवारले सपोर्ट गरेको देखिन्छ तर ती स्वार्थमा निहित हुन्छन आम्दानी गर्न घर बाहिर निस्कने महिलाहरुलाइ परिवारले खासै रोकटोक गर्दैन तर समाज सेवामात्र गर्न निस्कंदा घर गृहस्थी नै दाउमा लगाउनु पर्ने अवस्था छ। हाम्रो धर्मशास्त्रले त महिलाहरुलाइ नेतृत्वदायी भुमिकामा स्विकारेको छ त। विध्याको क्षेत्रमा सरस्वती ,धन दौलतको क्षेत्रमा लक्ष्मी ,शक्ति अर्थात पावरको क्षेत्रमा दुर्गाले नेतृत्व गरेको देखिन्छ।कहिले र कुन समय देखि महिलाहरुमाथी थिचोमिचो सुरुभयो होला?यो खोजिको विषय बनाऔँ। यस्ता नेतृत्वदायी भुमिकामा महिलाहरुलाइ अग्रसर गराउन सके शसक्तपुर्ण ढंगले कार्य गर्न सक्छन्।विभिन्न तह र तप्कामा रहेका नेतृहरु चाहे सरकारी सेवामा होस् चाहे सामाजिक सेवामा जहाँ भएपनी निस्वार्थ भावनाले कार्यगर्ने आफ्नो कार्यकुशलताको परिचय बनाएका महिलाहरुको सम्मान गरौँ,उत्प्रेरित गरौँ,हौसला प्रदान गरौँ।

सोमवार, फाल्गुन २४, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्