गाउँ पर्यटन प्रवद्धन नेपालको अध्यक्षमा जस्फाको उम्मेदबारी

काठमाडौं। गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षका लागि वर्तमान महासचिव जस्फा पाण्डेले उम्मेदबारी घोषणा गरेकी छन् ।

चैत २० गते हुने भिटोफको २४ औँ बार्षिक साधारणसभा र अधिवेशनमा उनले अध्यक्षको लागि उम्मेदबारी दिने घोषणा गरेकी हुन् ।

मिलेसम्म सबैको सर्वसहमतिमा र यदि भएन भने निर्वाचन प्रक्रियाबाट भएपनी आफू सस्थाको अध्यक्ष बन्ने पाण्डेले बताईन । भिटोफको इतिहासमा अहिलेसम्म महिला अध्यक्ष नभएकोले यस पटक इतिहास लेखिने पाण्डेको भनाई छ।

‘सदैव सस्थाको उद्देश्य प्राप्तिको लागि लागिपरेको छु । अहिले मेरो उम्मेदवारी कोरोना भाइरस (कोभिड १९) ले थला परेको बिशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि हो’, पाण्डेले भनिन् । ग्रामिण पर्यटनको क्षेत्रमा लामो समय क्रियाशिल रहेकाले आफुले नेतृत्व पाउने उनको भनाई छ ।

मङ्लबार, फाल्गुन १८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्