नवनियुक्त प्रदेश प्रमुख झालाई ओली समूहका युवाले लगाइदिए १ सय १ किलाेकाे माला

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रमुख राजेश झालाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा भब्य स्वागत गरेका छन् । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले स्वागत गरेकाे हाे ।

प्रदेश प्रमुख झालाई उनीहरूले १ सय १ किलोको माला लगाएर स्वागत गरे । सपथ लिने बेला दौरा, सुरुवाल र टोपी लगाएका झा जनकपुरधाम झरेपछि भने कुर्ता, पाइजामा र गम्छामा देखिए ।

उनी प्रदेश प्रमुखकाे कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका हुन् । ओली समर्थित युवाहरुले प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री ओली जिन्दावाद लगायतका नारा लगाएका थिए। ओली सरकारले तिलक परियारलाई बर्खास्त गरी झालाई प्रदेश प्रमुख नियुक्त गरेकाे हाे ।

सोमवार, फाल्गुन १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्