काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ।कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेकोले ७७ जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ।

सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरित कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ।

७७ वटै जिल्लामा हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने छ। साथै बैठकले संसदको अधिवेशन बेलाउन पनि माग गरेको छ ।

 

शनिबार, मंसिर २०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्