राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । यसअघि उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गरेका थिए ।

आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेंग्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् । चिनियाँ रक्षामन्त्रीसहितको २० सदस्यीय प्रतिनिधि मण्डल आइतबार साँझ एयर चाईनाको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।

सोमवार, मंसिर १५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्