क्याप्टेनसहित ६ जना सवार हेलिकप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । क्याप्टेनसहित ६ जना सवार रहेको हेलिकप्टर नुवाकोटको बेलकोटगढीमा अवतरण गरेको हो ।

आकस्मिक अवतरण गरेको हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । बागलुङको गल्कोटबाट उक्त हेलिकप्टर काठमाडौंको लागि उडेको थियो ।

चरा ठोक्किएपछि हेलिकप्टरमा क्षती पुगेको छ । चालकको सावधानीले सबैजना सामान्य अवस्थामा अवतरण गरेका छन् ।

सोमवार, मंसिर १५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्