कोरोनाबाट एक वर्षमा मरेका भन्दा एक महिनामा आत्महत्याबाट मर्ने धेरै

एजेन्सी । जापानमा ठूलो संख्यमा आत्महत्याबाट मानिसहरुको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२० को अक्टुबर महिनामा जापानमा आत्महत्या गरेर २१५३ जना मानिसले ज्यान दिएका छन् ।

त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण जापानमा अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या भने २०८७ रहेको छ । अर्थात पुरै एक वर्षमा कोरोनाबाट मर्नेहरुभन्दा आत्महत्याबाट एक महिनामा मर्नेको संख्या धेरै भएको हो । यो डाटा जापान सरकारले आफैंले सार्वजनिक गरेको हो ।

जपानको जनसंख्याको करीब १२ करोड रहेको छ । यहाँ कोरोना संक्रमितको संख्या अहिलेसम्म ४२ हजार रहेको छ । सिएनएनको रिपोर्टका अनुसार कोरोना संक्रमणबाट जापानमा २०८७ जनाको मृत्युभएको हो । तर, महामारीका कारण धेरै मानिसहरुको जीवन प्रभावित भइरहेको छ । कोरोनाका कारण मानिसहरुमा तनावको स्थिति पैदा भएको छ ।

विज्ञहरुले कोरोना महामारीका कारण मानिसहरुमा मानसिक स्वास्थ्य संकट पैदा हुन सक्ने चेतावनी दिएका छन् । ठूलो मात्रामा मानिसहरु बेरोजगार हुन सक्ने उनीहरुको तर्क छ । सामाजिक दुत्कारको शिकार हुने सक्ने र एन्जाइटीका बिरामी बढ्न सक्ने बताइएको छ ।

जापान संसारका केही देशहरुमा पर्दछ जहाँ आत्महत्याका डाटा जारी गरिन्छ तर त्यहि कुरा अमेरिका हकमा भने लागू भएको पाइन्न । अमेरिकाले आत्महत्याको डाटा सार्वजनिक गर्दैन । जापानको स्थिति हेरेर अन्य देशमा कस्तो होला भनेर सहजै अनुमान गर्न सकन्छि ।

टोक्यो विश्वविद्यालयका प्रोफेसर अर्थात आत्महत्या घटनाका विज्ञ मिशिको उएडाले जापानमा लकडाउन पनि नभएको कोरोनाको प्रभाव पनि अन्य देशको तुलनामा कम हुँदा पनि सुसाइडको दर वृद्धि भएकोले अन्य देशमा आत्महत्याको आंकडा यो भन्दा पनि अधिक हुने बताउँछन् ।

सन् २०१९ मा जापानमा कुल २० हजार मानिसहरुको मृत्यु आत्महत्याबाट भएको थियो । त्यसैगरी पछिल्लो वर्ष अक्टुबरको तुलनामा यो वर्षको अक्टुबरमा महिलाहरुले बढी मात्रामा अर्थात ८८ प्रतिश बढेको पाइयो । त्यसमा पुरुषहरुको आत्महत्या भने २२ प्रतिशतले बढेको पाइयो । यसबाट महिलाहरुमा महामारीको असर गम्भीर परेको निश्कर्ष निकाल्न सकिन्छ ।

सोमवार, मंसिर १५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्