पत्रकार महासंघद्वारा सञ्चार गृह अगाडि धर्ना

काठमाडौँ। नेपाल पत्रकार महासंघले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ ।

कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासंघले जनाएको हो ।

पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिइएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्