पर्सा हत्याकाण्डको जाहेरी दर्ता भएलगत्तै पूर्वसभासद गुप्तासहित १२ फरार

पर्सा । नेकपा जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसिया हत्याको जाहेरी दर्ता भएपति पूर्वसभासद राजकुमार गुप्ता लगायतका १२ आरोपी फरार भएका छन् ।

बिहिवार जिल्ला सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको थियो । उक्त जाहेरी मृतकका भाइ महेश चौरसियाले पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

जाहेरी परेका १२ जना मध्ये दुईजना देवा सहनी मलाह र हनिफ मियाँ मात्र प्रहरी नियन्त्रणमा छन् । जाहेरीमा उल्लेखित नामहरुमा पूर्वसभासद् गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, जोखु राउत, कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, देवान र जनार्दन चौहान रहेका छन् ।

जाहेरी दर्ता भएपछि चौरसियाको शवको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि उनको शवलाई स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्