दुई मन्त्री बर्खास्त गर्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री बर्खास्त गर्न निर्देशन दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यस्तो निर्देशन दिनुभएको हो । प्रचण्डको निर्देशनअनुसार आज भोलि नै वा दशैंलगत्तै दुई मन्त्री बर्खास्त गर्ने जानकारी मुख्यमन्त्री शाही आफू निकटलाई दिएका छन । कर्णाली प्रदेशमा प्रधानमन्त्री ओली निकट दल रावल र नन्दसिंह बुढा मन्त्री हुनुहुन्छ । उहाँहरुलाई तत्काल हटाउन मुख्यमन्त्री शाहीलाई अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको हो ।

‘ओलीलाई ढालियो, अध्यक्ष कमरेड निकै खुसी हुनुभएको छ, उहाँले अव ओलीा दुवै जना मन्त्री बर्खास्त गर्न भन्नुभएको छ,’ पार्टी बिभाजनका लागि आधार तयार पार्न आज आयोजना गरिएको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै एक सांसदले जनताटाइम्ससँग भने । ती सांसदका अनुसार मुख्यमन्त्री शाहीले अध्यक्ष प्रचण्डकै निर्देशनअनुसार आफूबिरुद्ध हस्ताक्षर नगरे पनि अध्यक्ष ओली निकट रहेको कारण प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरी पूर्वमाओवादीलाई ल्याइएको हो । ‘सिएम कमरेडले ओलीलाई ढालेकोमा बधाइ दिनुभएको छ, अव मन्त्री बर्खास्त गरी निषेध गरिन्छ,’ मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै ती सांसदको भनाई थियो ।

उनका अनुसार मुख्यमन्त्री शाहीले ‘प्रचण्डको योजनामा कर्णालीमा ओली ढालियो’ भन्दै अव माधव नेपाललाई पूर्वमाओवादी शिविरमा शरणाथी बनाउने र त्यो कामका लागि जाजरकोटका निरज आचार्यको साथ लिने निश्कर्ष सुनाउनु भएको छ । मुख्यमन्त्री शाहीले आफू निकट सात सांसदलाई सुनाएअनुसार तात्कालिन एमालेमा बरिष्ठ नेता नेपाल निकट रहनुभएका केन्द्रीय सदस्य आचार्य तीन महिना अगावै प्रचण्डको शिविरमा पुगिसक्नु भएको छ । आचार्यले बाहिर नेपाल भन्ने, काम चाँही प्रचण्डको इसारा अनुसार गर्ने भन्दै आफूहरुको भित्रियाको रुपमा मुख्यमन्त्री शाहीले चित्रित गर्नुभएको ती सांसदले जनताटाइम्सलाई सुनाए ।

त्यसो त सुर्खेतमा मुख्यमन्त्री शाहीबिरुद्ध अबिश्वास प्रस्तावका लागि हस्ताक्षर गराउने मुख्य भुमिका खुल्नुभएका आचार्य अबिश्वास प्रस्ताव दर्ता गरेलगत्तै प्रचण्डकै दुत बनेर सुर्खेत पुग्नुभएको खुलासा स्वयं प्रचण्डले गरिसक्नु भएको छ । ‘निरज आचार्यलाई माधवजीले होइन, मैले नै सुर्खेत पठाएको हुँ,’ मुख्यमन्त्रीबिरुद्ध अबिश्वास प्रस्ताव दर्तापछि आफ्नै निवासमा छलफलमा बोलाएर यमलाल कँडेल र गुवालजंग शाहसँग अध्यक्ष प्रचण्डले भन्नुभएको थियो ।

शाहीको यो भनाईसँगै कर्णालीमा अध्यक्ष प्रचण्डले नै पूर्वएमाले भिडाएर पूर्वमाओवादीको शक्ति सुदृढ गर्ने, आफूहरुको आदेश नमान्ने पूर्वमाओवादीलाई समाप्त पार्ने र थप शक्ति आर्जन गरी नेकपा कब्जा गर्ने, त्यसो हुन नसके पार्टी नै फोडने योजना बनाएको घटनाक्रमले देखाएको छ ।

सोमवार, कार्तिक १०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्