पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् ।

शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र होम आइसोलसनमा बसेको डा. भट्टराईले लेखेका छन् ।

आइतवार, कार्तिक ९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्