चीनले अघि सारेको बीआरआई परियोजना महत्वपूर्ण छ : प्रचण्ड

सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई( परियोजना महत्वपूर्ण हुने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजना शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण हुने बताएका हुन् ।

यस परियोजनाबाट नेपाल र चीन दुवै देशले फाइदा लिन सक्ने भन्दै उनले गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको बताएका छन् ।

बुधबार, कार्तिक ५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्