नाचेरै करोडाैँ कमाउने बलिउडका ७ आइटम गर्ल्स

नायिकाकाे सुन्दरता र अभिनयमा निकै लाेकप्रिय बनेका छन् दर्शक । त्यस्तै, आइटम गीत बलिउडमा मात्र होइन, नेपाली गीतमा पनि अहिले अनिवार्यजस्तै भएको छ । यही गीतले गर्दा फिल्मको प्रचार पनि हुने गर्छ ।

बलिउडमा करीना कपूरदेखि लिएर दीपिका पादुकोणसम्मले आइटम गीत गर्ने गर्छन् । उनीहरुले सामाजिक संजालमा बिभिन्न हट एणड् बाेल्ड तस्विर र भिडियाे शेयर गरेर दर्शकमाझ रहन चाहान्छन् ।

केहीले मंहगो पारिश्रमिक लिने अभिनेत्रीः

प्रियंका चोपडा

 

त्यस्तै, निकै चर्चा कमाइ राखेकि नायिका प्रियंका चोपडाले ‘राम जाने’ मा गज्जबको आइटम डान्स गरिसकेकी छिन् । उनले एउटा गीतमार्फत ३ करोडसम्म लिने गर्छिन् । तर उनी जस्तो पायो त्यस्तो फिल्ममा भने आइटम डान्स गर्दिनन् ।

क्याटरिना कैफ

 

चिकनी चमेली र शिलाकी जवानी जस्ता चर्चित गीतमा आइटम डान्स गरेकी क्याटरिना कैफ तीन करोड रुपैयाँ लिने गर्छिन् । तर, उनी सम्बन्धका आधारमा मात्र आइटम डान्स गर्ने गर्छिन् ।

सनी लियोनी

 

सनी लियोनी आइटम गीत गरेवापत सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । उनले शाहरुख खानको फिल्म ‘रइस’ मा पनि आइटम गीत गरेकी छिन् । उनले एउटा गीतको ४ करोडसम्म लिने गरेकी छिन् । उनले नेपाली फिल्म ‘पासवर्ड’को आइटम डान्स छायांकन गरेकि थिइन् ।

दीपिका पादुकोण

 

क्याटरिनाले जस्तै दीपिका पादुकोणले पनि आफ्ना प्रिय निर्माता या निर्देशकका फिल्ममा मात्र काम गर्छिन् । उनले एउटा आइटम गीत गरेवापत ३ करोड लिने गर्छिन् ।

मलाइका अरोरा

 

यस्तै, सामाजिक संजालमा निकै संक्रिय रहने नायिका मलाइका अरोराले पछिल्लो समय भने आइटम गीतमा खासै रुचि दिएकी छैनिन् । तर, उनको पारिश्रमिक २ करोड रुपैयाँ छ ।

उर्वशी रौटेला

 

अरुको तुलनामा यिनको पारिश्रमिक केही कम छ । उनको आइटम डान्स ‘सारा जमाना’ निकै हिट भएको थियो । उनले करीब ५० लाख पारिश्रमिक लिने गर्छिन् ।

ज्याकलिन फर्नाडिस

 

‘बागी २’ मा ज्याकलिन फर्नाडिसले ‘एक दुई तीन’ गीतमा आइटम डान्स गरेकी थिइन् । तर, उनको गीत खासै हिट भने भएन । उनले लगभग २ करोड लिने गर्छिन् ।

बिहिबार, अशोज ८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्