पछिल्लो २४ घन्टामा कोरोनाबाट ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पर्साका ४५ वर्षीय, ८९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसमध्ये ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको जानकारी दिए । त्यस्तै सिरहा गोलबजारका २५ वर्षीय पुरुषको धरानमा र सर्लाहीका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गौतमले बताए ।

मन्त्रालयले विभिन्न अस्पतालका आइसियुमा ६६ जना र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

शनिबार, साउन २४, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्