डा.रंगिनाद्वारा ब्लु क्रस हस्पिटलमा ‘डे केयर हिस्टेरेक्टोमि'(दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने) शल्यक्रिया सम्पन्न

काठमाडौं । ब्लू क्रस हस्पिटलमा डाक्टर रंगिना लाईकगबमद्धारा पहिलो पटक डे. केयर हिस्टेरेक्टोमी (दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने) शल्यक्रिया सम्पन्न भएकाे छ ।

जर्मन स्थित विश्व प्रसिद्ध किलयूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थप डिग्री हासिल गरी केहि बर्ष देखि बरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधी) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरीरहेकी डा. रंगिना लाईकंगबमले नेपालमा पहिलो पटक ब्लु क्रस हस्पिटलमा डे केएर हिस्टेरेक्टोमीको शल्यकृया सफलताको साथ सम्पन्न गरेकी छन ।

यस डे केएर हिस्टेरेक्टोमी प्रबिधिबाट शल्यकृया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यकृया दुरबिनको माध्यमबाट गराई मात्र ६ देखि ८ घण्टामा हिडेर नै घर फर्कन सकिने र बिरामीको समय निकै वचत भई आर्थिक रुपमा समेत फाईदा हुने डा. लाईकंगबमले जानकारी दिइन ।

विश्वको कयौं देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यकृया भईरहे पनि नेपालको हकमा भने डा. रंगिना लाईकंगबमले नै पहिलो पटक सफल शल्यकृया गरेकी हुन । विदेशमा रहेर अध्ययन गर्दा खेरी देखेको अत्याधुनिक प्रबिधिले नेपाली दिदिबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले आएर साकार भएको डा. लाईकंगबमले जानकारी दिएकी छन ।

यस संगै डा.लाईकंगबम यस अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाईने सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको रुपमा प्रस्तुत भएको छ ।

नेपाली दिदिबहिनीहरुले आवश्यक परेको अवस्थामा विश्वस्तरीय यस किसिमको शल्यकृया ब्लुक्रस हस्पिटलमा गराउन सकिने समेत डा. रंगिना लाईकंगबमले थप जानकारी दिइन ।

करिब ३ दशक देखि ‘सुरक्षित, स्तरिय एवंम सन्तुष्टि’ को मुल मन्त्र बोकी स्वास्थ्य सेवामा राष्ट्रलाई केहि हद सम्म योगदान प्रदान गर्न त्रिपुुुरेश्वर–११ म अवस्थित ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई तथा डाईलेसिस सेवा सुचारु गरी विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उत्कृष्ठ सेवा प्रदान गर्दै आईरहेको छ ।

शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्