
एजेन्सी । कोरोना भाइरसको महामारी सुरु भएसँगै विभिन्न प्रकारका दृश्य सार्वजनिक भएका थिए । तर अहिले एउटा तस्बिर समाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ एक व्यक्तिले सुनको मास्क लगाएर घुमिरहेका देख्न सकिन्छ ।
भारतको पुणेका शंकर कुराडे नामका व्यक्तिले २ लाख ८९ हजार भारतीय रुपैयाँ (४ लाख ६० हजार नेपाली रुपैयाँ)मा सुनको मास्क बनाएका हुन् । उनले मास्क कोरोना रोक्नका लागि भन्दा पनि रुचीका लागिमात्रै लगाएको बताएका छन् ।
शंकर जिल्लाभर गोल्डेन म्यानका नामले चिनिन्छन् । उनले मास्कमात्र नभएर अन्य धेरै सामाग्री सुनकै बनाएका छन् । उनले फेसबुकमार्फत सार्वजनिक गरेको सुनको मास्क अहिले भाइरल बनेको छ ।
न्युज एजेन्सी एएनआइले पनि शंकर कुराडेका मास्क लगाएका तस्बिर सार्वजनिक गरेको छ । जम्मु कास्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले कुराडेको सुनको मास्कसहितको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यही हुन्छ, जब तपाईँसँग मस्तिष्क भन्दा धेरै पैसा हुन्छ भने’
सामाजिक सञ्जालमा अहिले यी व्यक्तिको चर्चा भारतमा मात्र नभएर संसार भर भएको छ ।
आइतवार, असार २१, २०७७ मा प्रकाशित