बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने अमेरिकाकाे घोषणा

कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १३ सय ३७ जनामा संक्रमण देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । शुक्रबार साँझदेखि लाग्ने यो प्रतिबन्ध एक महिनासम्म कायम रहनेछ ।

अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने ट्रम्पले बताएका छन् ।

बिहिबार, फाल्गुन २९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्