श्वेताले आफ्नो पति श्रीलाई लेखेको कविता ..

अनेक कोसिश गर्छु म अगाडी हिड्न
तर म आज आफैंलाई समाल्न सक्दिन ,

भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु
तर म आज आफैंलाई समाल्न सक्दिन ,

कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,

हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ///

 

बिहिबार, भदौ १९, २०७१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्