नेपालको संविधान २०७१ घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ पुष २०७१, मंगलवार १६:३८

Sambidhan Ghoshana - Press Bigyapti Akhanda Nepal Party (1)काठमाडौं २९ पौष -अखण्ड नेपाल पार्टीले नेपालको संविधान २०७१ घोषणा गरेको छ । आज नयाँ बानेश्वरको बोष्टर मिडियामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रबक्ता डा. प्रदीप ढकालले आफूहरु जनतालाई गरेको प्रतिवद्दताबाट पछि हट्न नसक्ने भन्दै एक बर्ष भित्रै संविधान जारी गरेको बताउनुभयो ।
१ बर्षभित्र संविधान जारी गर्छौ भनेर प्रतिवद्दता गरेका ठूला भनिएका राजनितिक दलहरु असक्षम भएर देश र जनतालाई अनिर्णयको बन्दी बनाएको अखण्ड नेपालको धारणा रहेको छ । राष्ट्रिय अखण्डतालाई छिन्नभिन्न पार्ने र सामाजिक सद्भाव खल्बल्याउन उद्यत मुलधारका राजनैतिक पार्टीहरुलाई चुनौती दिदै आफूहरुले देशको आत्मा प्रतिविम्बीत संविधान निर्माण गरिएको प्रबक्ता ढकालको दावी छ ।  DSC_0164
शासकिय स्वरुपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति, राज्यको पुर्नसंरचनामा हिमाल, पहाड, तराई जोडिने गरी अहिलेको ५ विकास क्षेत्र र उपत्यकाका तिन जिल्ला गरी ६ ओटा प्रदेश रहेको अखण्ड नेपाल पार्टीद्धारा जारी संविधानमा उल्लेख गरिएको छ । धार्मिक स्वतन्त्रता सहित देश हिन्दु सापेक्ष राष्ट्र भएको उल्लेख गर्दै अखण्ड नेपालले जारी गरेको संविधान जनताको घरदैलोमा पुगेर आम नेपालीबाट नै अनुमोदन गराउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । DSCF5756
संविधानसभामा अखण्ड नेपालको एक सिट रहेको छ । पार्टीका तर्फबाट अध्यक्ष कुमार खड्का सभासद रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१