सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७८, मंगलवार ०५:३४

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् ।

कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो ।

प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरुले माग्दै आएका कारण राणा भने बैठकमा नबस्ने जनाइएको छ । उनी बैठकमा नबसेपछि निर्णय कार्यान्वयनका लागि भने उनले हस्तारक्ष गर्ने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१