कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७८, मंगलवार ०५:३०

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको विपद् न्यूनिकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परीक्षणका साथै महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् ।

होल्डिङ सेन्टर र आइसोलेसनका लागि ठाँउ अभाव भए खाली रहेका विद्यालयको समेत प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

खोप प्रयाप्तलाई बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउनका लागि सरकाररले कुनै कमी हुन नदिने स्पष्ट पारे ।

सबै भिडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने उनको भनाइ छ ।

बैठकमा विपक्षी दल नेकपा (एमाले)का उपनेता सुवास नेम्वाङले कोरोना परीक्षणको दायरा बढाउन सुझाव दिए । स्वास्थ्य उपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उनले ध्यानाकर्षण गराए ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेश्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए । नेपाल भारत खुला सिमाना रहेकाले पनि नेपालमा कोरोना संक्रमितको संख्या बढेको उनको भनाइ छ ।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले भर्चुअल रुपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयले आगामी १० दिनसम्म कोरोना महामारी बढ्दै जाने र त्यसपछि भने घट्ने अनुमान गरेको छ ।

बैठकमा विपक्षी दलका नेता, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका पदाधिकारी लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१