डब्लुएचओले भन्यो, ‘ओमिक्रोनबाट सबै संक्रमित हुन्छन्, बुस्टर डोजले पनि रोक्न सक्दैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० पुष २०७८, शुक्रबार ०६:०९

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट सबै जना संक्रमित हुने दाबी डब्लुएचओले गरेको छ साथै बुस्टर डोजले पनि यसलाई काम नगर्ने चेतावनी डब्लुएचओले दिएको छ । नयाँ भेरियन्ट ओमिक्रोनले विश्वका सबै देशलाई फेरी संक्रमित गराउँदै गएको बेलामा डब्लुएचओको यस्तो चेतावनी आएको हो ।

डब्लूएचओले कोरोना भ्याक्सिनलाई पटक पटक बुस्टर डोजका रुपमा दिनु नयाँ भेरियन्ट विरुद्ध रोक्ने रणनीति हुन नसक्नेसमेत बताएको छ । त्यसको सट्टामा नयाँ भ्याक्सिन दिनुपर्नेमा उसले जोड दिएको छ ।

भारतको आईसीएमआरको नेसनल इन्स्टिच्यूट अफ इपिडिमियोलोजीको साइन्टिफिक एडभाइजरी कमिटीका अध्यक्ष डा जयप्रकाश मुलियिलले ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले रोक्न नसक्ने दावी गरेका हुन् । उनले सबै संक्रमित हुने पनि बताएका छन् ।

डा। मुलियिलले ओमिक्रोन अब धेरै खतरनाक नभएको समेत बताएका छन् । उनले अस्पतालमा भर्ना हुनेको संख्या पनि कम रहेको बताउँदै यसलाई सजिलै नियन्त्रण गर्न सकिने बताएका छन् ।

उनले ८० प्रतिशतभन्दा बढी बिरामीलाई आफू ओमिक्रोन संक्रमित भएको थाहासमेत नहुने दाबी गरेका छन् । उनले कुनै पनि मेडिकल संस्थानले बुस्टर डोजको सल्लाह नदिएकोसमेत बताएका छन् । उनले बुस्टर भन्दा सावधानी डोजको सल्लाह दिनुपर्ने बताएका छन् ।

डब्लूएचओले कोरोना भ्याक्सिनले ओमिक्रोन संक्रमितलाई कम प्रभाव गरेकोसमेत बताएको छ । उसले कोरोना भ्याक्सिनलाई विकसित गर्नुपर्नेमासमेत जोड दिएको छ । विकसित भ्याक्सिन नआउँदासम्म अहिले भएको खोपलाई अपडेट गर्नुपर्नेमा पनि डब्लूएचओले जोड गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१