अनलाइन र नेटवकिर्ङ व्यवसायबाट ठगी गर्नेलाई कारबाही गर्दै सरकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७८, सोमबार ०६:५८

काठमाडौं । अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ ।

हालै एक सूचना जारी गर्दै गृह मन्त्रालयले विभिन्न स्वरूपका गैरकानूनी आर्थिक क्रियाकलापबाट ठगी र असुरक्षा बढेकाले यस्ता व्यवसाय गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानूनी कार्य फष्टाएको भन्दै मन्त्रालयले नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ ।

यस्ता व्यवसायका जुनसुकै गतिविधिहरूको निगरानी गर्ने, नियन्त्रण गर्ने र गैरकानूनी कार्य गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०