किवानिस क्लब अफ युनिक नेपालकाे अध्यक्षमा मुकुन्द ढुंगाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७८, आईतवार ०७:०२

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब गठन भएको छ । विभिन्न क्षेत्रको युवाहरूको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ युनिक नेपाल गठन भएको हो । क्लबमा पत्रकार मुकुन्द ढुंगानाको अध्यक्षतामा १६ सदस्य गठन गरिएको छ ।

१६  सदस्यीय समितिले पत्रकार  तथा समाजसेवी मुकुन्द ढुंगाना निर्बिरोध चार्टड प्रेसिडेन्ट अध्यक्षमा  चयन गरेका छन् भने प्रेसिडेन्ट इलेक्ट – चन्दा खतिवडा , भाइस प्रेसिडेन्ट – भवानी प्रसाद पाैडेल, सचिब – दिपक अधिकारी , कोषाध्यक्ष – सुमित्रा रंजित निर्बिरोध  चयन गरेकाे छ  भने अन्य पधादिकारि  चयन क्लबकाे बैठकले गर्ने जनाएकाे छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल डीसट्रिकट गभर्नर एकराज पन्त पास्ट डीसट्रिकट गभर्नर  माेहन लम्साल, लगाएत डीसट्रिकटका  पधादिकारीहरूकाे  उपस्थिति रहेको थियो।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ७ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको किवानिस क्लबका गर्भनल  एकराज पन्तले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो । किवानीस क्बल नेपालमा २०१५ मा स्थापना भएको हो । नेपालको विभिन्न जिल्लामा क्लब विस्तार गरि बालबालिकालाई सेवा प्रधान गरिरहेको पास्ट  डीसट्रिकट गभर्नर बरिस्ठ पर्यटन ब्यबसायी तथा समाजसेवी मोहन लम्सालले बताउनुभयो । बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गरिरहेको उहाँले बताउनुभयो । क्लब भित्र राजनिति, धार्मिक, वर्ण र लैगिंक विवेद गर्न नपाइने उहाँले बताउनुभयो ।

किवानिस क्लब अफ युनिक नेपाललकाे स्पाेन्सर क्लब किवानिस क्लब अफ ह्यापी नेपाल र काे स्पाेन्सर  किवानिस क्लब अफ पिस नेपाल रहेकाे थियाे ।

किवानिस क्लब अफ युनिक नेपालले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष मुकुन्द ढुंगानाले प्रतिवद्धता गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१