गल्फः नीरजलाई पहिलो दिनमा अग्रता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७८, मंगलवार ०५:४५

काठमाडौँ । प्रो.नीरज तामाङले धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको सूर्य नेपाल इस्टर्न ओपनमा ३ स्ट्रोकको अग्रता लिएका छन् ।

३ अन्डर ६७ को स्कोर खेलेका निरजलाई सूर्यप्रसाद शर्माले इभन पार ७० स्कोरसहित पछ्याइरहेका छन् । नीरजले फ्रन्ट नाइनमा १ अन्डर ३५ तथा ब्याकनाइनमा २ अन्डर ३२ को स्कोर लेखाए ।

गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्की १ ओभर ७१ स्कोरसहित तेस्रो स्थानमा छन् । पाँचौँ स्थानमा ३ ओभर ७३ स्कोर जोडेका नेपाल नम्बर १ भुवन नगरकोटी, धनबहादुर थापा, सञ्जय लामा र रबी खड्का रहेका छन् । ४ ओभर ७४ स्कोरका साथ भुवन कुमार रोक्का नवौं स्थानमा छन् ।

एमेच्योरतर्फ ५ ओभर ७५ स्कोरसहित स्थानीय गल्फर जितेन्द्र राई, सद्भाव आचार्य र युवराज भुजेल छन् । १३औं सागका स्वर्णधारी तथा सेन्ट्रल ओपनका एमेच्योर विजेता सुभाष तामाङ ७ ओभर ७७ स्कोरका साथ एमेच्योरतर्फ छैटौं स्थानमा छन् ।

तीन दिन चल्ने प्रतियोगिताको दोस्रो दिन पछि २१ व्यावसायिक र कम्तीमा ६ एमेच्योर गल्फरले कट बनाउनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ८८ हजार र ६५ हजार नगद पुरस्कारपाउनेछन् । दोस्रो दिनसम्म ३६ होलको खेल पछि अन्तिम दिन कट हुनेछ ।

सहभागी ३० प्रो गल्फर मध्ये कट बनाउने २१ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन प्रोफेसनल र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०