मासुले भन्दा तीन गुणा प्रोटिन दिने यी ७ खानेकुराहरु,जुन स्वा’स्थका लागि निकै लाभदायि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०७:१५

मा-सुले भन्दा तीन गुणा प्रोटिन दिने यी ७ खानेकुराहरु,जुन स्वास्थका लागि निकै लाभदायि । अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मा-सुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मा-सुबाट प्राप्त हुने प्रोटिनले मुटु रोगको ख-तरा बढाउछ ।

जाे मानिस मा-सुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको ख-तरा ६० प्रतिशतसम्म बढेको पाइयो भने जाे ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्छन्, उनिहरुमा याे समस्या ४० प्रतिशतभन्दा कम देखियो ।

ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने कस्ता तत्व पाइन्छन् त, जुन यश प्रकार छन्:-१) ओखर:- ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

२) देशी बदाम:- यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं ह-ड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

३) अन्जीर:-अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनि-मिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दु-खाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

४) काजु:-काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

५) किसमिस:-दा-ख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दो-षको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

६) पेस्ता:-पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

७) बदाम:-१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०