माछामासु छाड्दै हुनुहुन्छ ? पूर्ण शाकाहारी हुनु पनि हुनसक्छ घातक !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०७:१०

अहिले चिकित्सककहाँ पुग्नुभयो भने, तपाईंको मेनुबाट थुप्रैथरी खानेकुरा कटौती हुनेछ । त्यसमा खसीको मासु, बोइलर कुखुरा पनि हुनसक्छ । चिल्लो, पिरो, अमिलो त छँदैछ।

मासुजन्य पदार्थ शरीरले सजिलै पाचाउन सक्दैन । यसले शरीरमा अनेक रोग जन्माउँछ । जबकी शाकाहारी भएमा स्वस्थ रहने, उर्जावान हुने, रोगहरु लाग्ने सम्भावना कम हुने, आत्मग्लानी नहुने बताइन्छ ।

तर, शाकाहारी हुँदैमा पूर्ण स्वस्थ्य भइन्छ त ?के माछामासु नखाँदैमा स्वस्थ्य, तन्दुरुस्त, जवान भइन्छ ? यसबारे भने मन्थन गर्नु जरुरी छ । खासमा शाकाहारी भएमा त्यसले केहि बेफाइदा पनि गर्छ । त्यसैले तपाई शाकाहारी बन्ने बारेमा सोच्दै हुनुहुन्छ भने अरुको लहैलहैमा लागेर होइन दृढ भएर मात्रै निर्णय गर्नुहोस् ।

यदि तपाई अझै पनि शाकाहारी हुने बारेमा सोच्नुभएको छ भने तपाईले पहिले यसको नकरात्मक पक्षहरुलाई बुझ्न आवश्यक छ । जसले पछि तपाई शाकाहारी बन्नुभयो भने त्यस्ता समस्याको प्रतिरक्षा गर्न पनि सक्नुहुन्छ ।त्यसैले हचुवाको भरमा कुनै निर्णय नगरी यसको बारेमा सबैकुरा थाहा भएपछि मात्रै निर्णय लिनुहोला ।

स्वास्थ्य सम्बन्धी समस्या-सबैभन्दा पहिले सबैभन्दा मानिस शाकाहारी बन्ने मुख्य कारणको बारेमा कुरा गर्दा स्वास्थ्य समस्या अग्रस्थानमा आँउछ । धेरै मानिस आफु स्वस्थ हुने विश्वासमा लागि शाकाहारी बन्ने गर्छन् ।

शाकाहारी बनेमा यसले पाचनप्रणालीमा सुधार गर्छ र उर्जा बढाउँछ भन्ने उनीहरुको बुझाइ रहेको छ । यो सही पनि हो । तर, खानपानको सन्तुलन मिलाइएन भने, तो प्रत्युत्तपादक बन्न सक्छ । कतिपय अध्ययनहरुले भने शाकाहारी बन्नुकोे फाइदा भन्दा बेफाइदा धेरै हुने कुरा बताउँछ ।

१. प्रोटिन-सबैभन्दा महत्वपूर्ण शाकाहारी मानिसले मांसाहारी मानिसले भन्दा कम प्रोटिन खाने गर्छन् । यो सबैभन्दा ठूलो समस्या हो किनभने हामीलाई हाम्रो खानामा धेरै प्रोटिन आवश्यक हुन्छ । प्रोटिनले हाम्रो शरीरको ब्लकहरु बनाउँछ र जब हामी माछामासु खान्छौं त्यसले मासुलाई हाम्रो शरीरको मांसपेसी बनाउन गर्न प्रयोग गर्छ ।

तपाईले माछामासुको सट्टामा अण्डाबाट दुधबाट र सागसब्जीबाट पनि प्रोटिन पाउनुहुन्छ । गेडागुडी, ब्रोकाउली र सोयाबिनमा पनि प्रोटिन पाइन्छ तर, त्यसमा पाइने प्रोटिन मासुमा पाइने भन्दा धेरै पातलो हुन्छ ।

त्यस्तै सागसब्जी र अरु खानेकुरामा पाइने प्रोटिनमा माछामासुमा पाइने जति एमिनो एसिड हुँदैन । हाम्रो शरीरले अन्य खानेकुरामा पाइने प्रोटिनलाई मासुमा पाइने प्रोटिन जस्तो राम्रोसँग प्रयोग गर्न सक्दैन ।

२. तेलहरु-हामीले माछामासुबाट प्रोटिनमात्रै पाउँदैनौं । माछामासु तेल र फ्याटहरुको पनि धेरै ठूलो स्रोत हो । हामीलाई खानामा फ्याट घटाउनको लागि सँधै भन्ने गरिन्छ तर हामीलाई खानामा केहि मात्रामा फ्याटको आवश्यकता हुन्छ ।

फ्याट हाम्रो छाला, कपाल र हड्डीको लागि मात्रै आवश्यक नभइ यसले बिरामीबाट बचाउन र प्रोटिन उपयोग गर्न सक्छ । आवश्यक फ्याटी एसिड, जस्तै ओमेगा ३ ले फ्याटी एसिड हाम्रो मस्तिस्कको कार्यसम्पादनको लागि पनि आवश्यक छ र क्यान्सर हुने सम्भवना कम गछ । हामीले फ्याटी एसिड मुख्यगरि माछाबाट पाउन सक्छौं ।

३. भिटामिन बL १२-हामीले माछामासुबाट भिटामिन बि१२ पनि पाउँछौं । यो नै भिटामिन बि१२ को राम्रो स्रोत हो । त्यसैले शाकाहारी हुनाको बेफाइदाहरुलाई बेवास्ता नगर्नुहोस् ।

भिटामिन बि१२ वास्तवमै एक महत्वपूण पदार्थ हो र यसको कमीले नशा खराब हुने, उर्जा कम हुने र क्याल्सियमको उपयोगमा समस्या हुन्छ जसले ओस्टियोपोरोसिस जस्ता गम्भिर समस्या देखिन सक्छन् ।

बि१२ मस्तिस्कको समस्याको लागि पनि धेरै नै महत्वपूर्ण हुन्छ । त्यसैले हाम्रो मस्तिस्कको उचित कार्यसम्पादनको लागि हामी सर्वहारी हुनुपर्ने केही सिद्धान्तहरुले बताएका छन् । तपाईले बि१२ लाई अन्य फोर्टिफाइड स्रोतहरुबाट पाउनुहुन्छ तर, यो प्राकृतिक रुपमा पाइने जस्तो राम्रो हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०