९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७८, शुक्रबार ०७:०२

काठमाडौं । ९ देशबाट आउने नागरिकलाई सरकारले नेपाल प्रवेशमा रोक लगाउने भएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावी रहेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको बताइएको छ । ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०