दैनिक २ लाख जनालाई अनिवार्य कोरोना खोप लगाउने व्यवस्था मिलाउन निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७८, शुक्रबार ०६:५४

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बैठकले कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्याको २८.२ प्रतिशतलाई पूर्ण खोप लगाएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१