सिंहदरबारमा गोली चलेको घटनामा पिएसओलाई कारवाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७८, बिहीबार ०६:०६

काठमाडाैं । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।

सिंहदरबारभित्र गोली चलेको घटनामा प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ ।

छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । कार्तिक १० गते सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किए पनि कुनै क्षति हुन पाएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०