भ्रष्टाचार विरुद्धको गीत पुरस्कार संगीतकार नविन पौडेललाई प्रदान गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७८, मंगलवार १९:४५

काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलर राशिको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” को नतिजा प्रकाशित गर्दै उत्कृष्ट शब्दको लागि चर्चित संगीतकार नवीन पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु भएको पत्रमा उल्लेख गरिएको छ । अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो । यसअगि पनि एक हजार डलरको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” र दुई हजार अमेरिकी डलर राशिको “टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार” २०७७ घोषणा भइसकेका छन् । प्रतिष्ठानले सङ्गीतका अलावा पत्रकारिता र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ । यसैगरी प्रतिष्ठानले झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ । तीनवटै पुरस्कारहरु निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । राधेश्याम लेकाली संयोजक हेम सरिता पाठक फाउन्डेसन नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१