सौन्दर्यकर्मी  सरस्वती श्रेष्ठ “सरु” अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७८, मंगलवार १८:५१

नेपालकी सौन्दर्यकर्मी  सरस्वती श्रेष्ठ “सरु” अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । उहाँले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गर्नु भएको हो ।

वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको  उक्त अवार्ड कार्यक्रममा सरस्वती श्रेष्ठ “सरु” वेष्ट स्किन केयर एक्सपर्ट क्युट व्यूटी हब अवार्डले सम्मानित भएकी हुन्  । सौन्दर्य क्षेत्रको बर्षौ लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहाँ  नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा सम्मानित हुनुभएको हो   ।

वेष्ट स्किन केयर एक्सपर्ट क्युट व्यूटी हब संचालक सरुले   लामो समय देखि वेष्ट स्किन केयर एक्सपर्ट क्युट लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१