काग तिहारमा चाँदीको सामान किन्दा फलिफाप, तिहारकाे पाँच दिनमा गर्न नहुने सात काम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७८, बुधबार ०५:२१

काठमाडौं । आज कागतिहार अर्थात यम पञ्चकको पहिलो दिन । यस विशेष गरी काग तिहारको दिन चाँदी तथा यसबाट निर्मित सर–सामान किन्नाले फलिफाप हुने धार्मिक मान्यता रहि आएको छ । धनकी देवी महालक्ष्मीलाई सेतो वस्तुहरु मन पर्ने भएकोले तिहारमा विशेष गरि महालक्ष्मीलाई खुशी पार्न चाँदी किन्ने प्रचलन रहेको हो । हिन्दु धर्ममा यमपञ्चक (तिहार)मा धातु चढाउने पुरानो मान्यता छ । आफ्नो क्षमता अनुसार उच्च वर्गले सुनको असर्फीनै लक्ष्मीमातालाई चढाउँछन् भने मध्यम तथा निम्न मध्यम वर्गीय परिवारले चाँदी तथा चाँदीबाट बनेका सामान चढाउने गरेको पाइन्छ । ‘धनतेरस’ मा चाँदी किनेर लक्ष्मीमातालाई चढाउँदा दिन दुई गुणा चार चौगुणा धन सम्पत्ति बढ्ने जनविश्वास छ ।

पछिल्ला वर्षहरुमा तिहारमा पनि कागतिहारको दिन चाँदीका सामग्री किन्नाले विशेष फलिफाप हुने जनविश्वास भारतीय टेलिभिजनहरूले प्रसारण गरेपछि नेपालीमा पनि सो दिन चाँदीका सामान किन्नेको आकर्षण बढ्दै गएको सुनचाँदी व्यवसायीहरू बताउँछन् । यमपञ्चकका अन्य दिन सुन तथा अन्य धातुबाट निर्मित सामन किने पनि यस दिन भने चाँदीनै किन्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ ।

‘पञ्चकमा धातुका सामान किन्ने नेपालीको पनि पहिलेदेखि परम्परा थियो,’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘पछिल्ला वर्षमा धातुमा पनि सुन र चाँदीमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।’ तिहारमा विशेषगरी चाँदीको दियो, पूजाको थाली, घण्टा, करुवा, आरती, सुकुन्दा, चाँदीको लक्ष्मी–गणेशको मूर्ति कुँदिएका असर्फी र लक्ष्मी तथा लक्ष्मीनारायण र गणेशको मूर्तिलगायतका सामान बढी विक्री हुने गरेका उनले बताए ।

सामान्य समयको तुलनामा तिहारमा चाँदीका सामानको विक्री तीन गुणाले बढी हुने गरेको छ । अन्य समयमा दैनिक साढे दुई सय किलो चाँदी विक्री हुने गरेकोमा तिहारको कागतिहारको दिनमा चाँदीको विक्री उल्लेख्य रूपमा हुने गरेको शाक्यले बताए । ‘उक्त दिन सुनको व्यापार ठप्प नै हुन्छ,’ उनले भने, ‘सबै ग्राहकले चाँदीका सामान मात्र किन्छन् ।’ तिहार नेपालीको घर आँगनमा भित्रिएसँगै चाँदीका सामग्री विक्री गर्ने पसलहरुमा भिड लाग्न थालेको छ ।

पञ्चक लागेपछि उच्चवर्गले सुनको असर्फी नै लक्ष्मीलाई चढाउनका लागि किन्ने गरे पनि मध्यम र निम्नमध्यमवर्गले पूजामा प्रयोग हुने चाँदीका सामान किन्ने गरेको पूर्वअध्यक्ष शाक्यले बताए । ‘सुन र चाँदीका सामानमध्ये कुन किन्ने भन्ने उपभोक्ताको क्रयशक्तिमा भरपर्छ,’ उनले भने । औसतमा दैनिक साढे दुईसय किलो चाँदी विक्री भए पनि दशैंदेखि नै यसको व्यापारमा वृद्धि हुँदै जाने गरेको गहना निकुञ्जका सञ्चालक माणिकरत्न शाक्यले बताउँछन् ।

अघिल्ला वर्षहरूमा चाँदीमा क्याडियम नामक धातु मिसावट हुँदा व्यापारमा केही असर परे पनि पछि यसमा सुधार आएपछि भने व्यवसायी सजग भएर उपभोक्तालाई गुणस्तरीय सामान दिने अभियानमा लागेको महासंघले बताएको छ । ‘गुणस्तरीय सामान मात्र विक्रीवितरण गर्न महासंघले आफ्ना सदस्यहरूलाई सावधान नै गराएको छ,’ पूर्वअध्यक्ष शाक्यले भने । चाँदीमा तोलाको करीब ४५ रुपैयाँ पर्ने क्याडियम मिसावट पूर्ण रूपले निर्मूल नभए पनि विकृतिमा भने सुधार आएको उनले बताए ।

शास्त्रको अनुसार दिपावलीमा गणेश भगवान माता लक्ष्मीको मूर्ति हजुरहरुले अवश्य घरमा लिएर आई मूर्तिहरु गिफ्ट् नदिनुहोला । यदि दियो भने माता लक्ष्मी रिसाउनु हुनेछ ।

यो पनि जानी राखौं

यमपञ्चकको पाँच दिन यी वस्तु तथा धातुहरुलाई उपहार दिनु हुँदैन

यमपञ्चकको पाँच दिन सुन, चाँदी, तामा, काश, र पितलबाट निर्मित कुनै पनि वस्तु अरुलाई दिनु हुँदैन ।

तिहार अवसरमा रेशमबाट निर्मित कपडा आफ्नो लागी खरिद गर्नु भएपनि अरुको लागी गिफ्ट् उत्तम मानिदैन ।

यी दिनहरुमा स्टिल या फलामबाट निर्मित कुनै पनि चिज गिफ्ट् नगर्दा राम्रो हुन्छ ।

लक्ष्मी पूजाको दिन आफ्नो लागि समान खरिद गरेपनि अरुको लागी खरिद गर्नु हुँदैन ।

लक्ष्मी पूजाको दिन तेल र दाउराबाट बनेको कुनै पनि चिज खरिद नगर्नु फलदायी मानिन्छ ।

यो तिहारको ५ दिन सम्म कालो रङबाट निर्मित कुनै पनि चिज घरमा लैजानु राम्रो हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१