पूर्व राजपरिवारका सबै पुस्ता पहिलोपटक एउटै मञ्चमा, कलाकारहरुको लर्को

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७८, आईतवार ०५:३३

काठमाडौ । पूर्र्व युवराज्ञी हिमानी शाहको कार्यक्रमको माहोल हेर्दा लाग्थ्यो अझैपनि नेपालमा राजतन्त्र कायम छ ।

उनीप्रति मुर्धन्य कलाकारले देखाएको सदासयताले त्यो अझै सम्भव छ की भन्ने अनौठो लक्षण देखाउँथ्यो ।

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकार र राजपरिवारका सदस्यले एकाएक भरियो ।

फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो । कलाकार त्यसरी एकसाथ भेला हुने अवसर भने ‘हिमानी ट्रस्ट’ले जुराइदिएको हो ।

 

पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु निम्त्याइएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी, पारस र हिमानी पुत्र हृदयन्द्र उपस्थित कार्यक्रममा पूर्वरानी कोमल भने अनुपस्थित हुनुहुन्थ्यो ।

पूर्व युवराज्ञी हिमानीले ट्रस्टका पदाधिकारीहरूसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरेको कार्यक्रम स्थलमा आकर्षक सजावट गरिएको थियो ।

पञ्चेबाजा समेत घन्काइएको कार्यक्रमस्थलमा बेला–बेला शंखध्वनी समेत गुन्जिएको सुन्न सकिन्थ्यो । कार्यक्रमस्थलमा बाँसुरी, सारंगीको मौलिक धुनसँगै र मादलका ताल समेत गुञ्जायमान थियो ।

कार्यक्रममा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, दीपकराज गिरी, सरोज खनाल, जीतु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, दीपेश्वर गौतम, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अभिनेत्री करिश्मा मानन्धर, पबित्रा आचार्य, शमिल्ला मल्ल, सरिता लामिछाने, सुष्मा कार्की, लोक गायिका सुनिता दुलाल, लोकगायक कृष्ण कँडेल लगायत थुप्रैको सहभागिता थियो ।

कार्यक्रममा पुरुष कलाकारहरु प्राय दौरा सुरुवाल र सुटमा सजिएर सहभागी हुनुहुन्थ्यो भने महिला कलाकार सारीमा आकर्षक देखिनुहुन्थ्यो । कार्यक्रममा सहभागी कलाकार, साहित्यकार लगायत अधिकांशले पूर्व राजपरिवारसँग फोटो समेत खिचाएको देखियो । उक्त कार्यक्रमका तस्बिरले अहिले सामाजिक सञ्जाल समेत रंगिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१